माघ १३
एकिकृत माओवादीका शिर्ष नेताहरुले समयमै निर्वाचन गराउन हदैसम्मको लचकता अपनाउने बताएका छन् । पार्टीको काठमाण्डौं जिल्ला सम्मेलनलाई संम्बोधन गर्दै उनीहरुले समय सिमा भित्रै सहमति गर्न र चुनाव गराउन हदैसम्मको लचकता अपनाउने बताएका हुन् । उनीहरुले प्रतिगामीहरुले हरेक कार्यक्रममा घेराबन्दी गर्न थालेको भन्दै त्यसले एकताबद्ध हुन सफलता मिलेको समेत बताएका छन् । सम्मेलको उद्घाटन गर्दे पार्टी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले दैलेखमा कांग्रेस एमालेले आफुहरुको कार्यक्रमलाई प्रतिकार गरेर फासीष्ट चरित्र देखाएको आरोप लगाउनु भयो । एकीकृत माओबादीको कार्यक्रम बिथोल्न हप्तौ लगाएर प्रतिपक्षिले ढुंगा मुढा थुपारेपनि आफुहरु असफल नभएको प्रचण्डको भनाई छ ।
त्यस्तै प्रधानमन्त्री समेत रहुनभएका उपाध्यक्ष बाबुराम भट्टराईले वर्तमान सरकार प्रतिगामीको घेरा तोड्न सफल भएको जिकीर गर्नुभयो । प्रधानमन्त्री भट्टराईले वर्तमान सरकारले केहि गर्न नसकेपनि प्रतिक्रान्तीको घेरा तोडेर अगाडि बढ्न सफल भएको जिकीर गर्नुभयो । अहिलेको सत्ता गठबन्धनले नै थप क्रान्ति पनि पुरा गर्ने प्रधानमन्त्री भट्टराईको भनाई छ । सरकार बिरुद्ध आन्दोलन जारी राखेका बिपक्षी दलहरुलाई इंकीत गर्दै उहाँले आन्दोलन गर्दैमा सत्तामा बस्न नपाईने बताउनु भयो ।
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिक्रियावादी र यथास्थीतिवादी सोच भएकाहरुले परिवर्तन गर्न नदिएको आरोप लगाउनुभयो । माघ २० गतेदेखि हेटौडामा हुने सातौ महाधिबेसनका लागि एकीकृत माओवादीले बिभिन्न जिल्लाहरुमा सम्मेलनको आयोजना गरीरहेको छ ।
