नेपालगन्जमा महिला हिंसा बिरूध्दको रयाली

Read Time:2 Minute, 19 Second

दीपा आले

नेपालगन्ज माघ १२,देशमा घटिरहेका महिला हिंसाका घटनाहरु लगायत सवै किसिमका हिंसा र अपराधिक घटनाहरुमा वढ्दो दण्डहिनता विरुद्व न्याय र कानुनी शासनको माग गर्दे नेपालगन्जमा आज वृहत रयाली तथा धर्ना कार्यक्रम गरियो । विभिन्न महिला संघसंस्थाहरुले आयोजना गरेको महिला हिंसा विरुद्धको रयाली विहान विपि चोकबाट सुरु भई जिल्ला प्रशासन अगाडि गएर दुई घण्टा धर्ना गरेको हो । महिला हिंसाका दोषिहरुलाई कारवाही हुनुपर्छ, कानुनको अगाडि सवै समान वन्नु पर्छ, अपराधीहरुको राजनीतिक संरक्षण वन्द गर्नु पर्छ, कानुनी राज्य हुनुपर्छ, लोकतान्त्रीक मूल्य, मान्यता र सस्कृतिको विकास गरिनुपर्छ भन्दै महिलाहरुले आन्दोलन गरेका थिए । धर्ना कार्यक्रममा द्धन्द्ध पीडित तथा एकल महिला सञ्जालका अध्यक्ष शोभा विसी, एक माया विक, पत्रकार अछरी पोख्रेल, क्रियाशील पत्रकार महिला अध्यक्ष उमा थापामगर, फातिमा फाण्डेशनका अध्यक्ष मैमुना सिद्धिकी एडभोकेसी फोरमका प्रतिनिधि रविन्द्र कर्ण, पश्चिम तारा नेपालका परिना चौधरी, महिला अधिकारकी सपना भट्राई, राधिका गिरीलगायतले महिलामाथि हुने हिंसा विरुद्ध राज्य संबेदनशील नभएको भन्दै तत्काल महिलामाथि हुने हिंसालाई न्युनिकरण गर्न राज्य संग माग गरेका थिए ।  विरोध तथा धर्ना कार्यक्रममा नेपालगन्वासी, अधिकारकर्मी, नागरिक समाज, पत्रकार, वकिल, बुद्धिजिवि, व्यापारी, विद्यार्थी, राजनीतिक दललगायत सम्पूर्ण पेशागत संघ संस्थाहरुको सहभागिता रहेको  थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %