नेपाल मगर महिला संघ केरवानी–३ पेटवनियाको भेला सम्पन्न

Read Time:1 Minute, 22 Second

गोविन्द घर्ति

देवदह माघ १२, नेपाल मगर महिला संघ केरवानी–३ पेटवनियाको भेला सम्पन्न भएको छ । भेलाले दिलमाया सिंजालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा यम कुमारी राना, सचिवमा कृति सारु, कोषाध्यक्षमा दुगर्म मगर र सहसचिवमा डमन्ती गाहा रहनु भएको छ । अन्य सदस्यहरुमा ज्ञानु सारु, रिता सारु, सरस्वती थापा, हुम कुमारी थापा, माया थापा, यममाया लामकाहा रहनु भएको छ । भेलाले दल बहादुर विरकट्टा, धन बहादुर थापा, मिना सारु, ईनुदेवी आलेलाई सल्लाहकारमा चयन गरेको छ । मिना रानाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीका सदस्य होम बहादुर डिसुवा, केरवानी गाउँ समितिका अध्यक्ष थम बहादुर बुढाथोकी, मगर महिला संघ केरवानीका उपाध्यक्ष उमाया थापा, धन बहादुर थापा, सन्त बहादुर सारु, लिलामति थापा लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %