काठमाण्डौ,माघ १२
गृह मन्त्रालयले आज २७ डिएसपीको बढुवा गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफरिसका आधारमा गृहले २६ डिएसपीलाई एसपीमा बढुवा गरेको हो । डिएसपी डियोस लोहनी, विश्वराज पोखरेल, अरुण विसी, रवीन्द्र धानुक, प्रेमवहादुर मल्ल, शिशिर कर्माचार्य, राजेन्द्र चौधरी अजय भट्टराई , प्रकाश अधिकारी उत्तम सुवेदी, धिरजप्रताप सिंह, बसन्त लामा, शरद खत्री, उमेश रञ्जितकार, विक्रम चन्द, शेखर कोइराला, इश्वरी चापागाई, र मुकुन्दराज आचार्यलाई एसपीमा बढुवा गरिएको हो ।
त्यस्तै गोपीमान श्रेष्ठ ,सहकुल थापा, पुजा सिंह, विरेन्द्र वस्याल, सुसिल कुमार यादव, टेक वहादुर गुरुङ, शुकदेव न्यौपाने, मसाउद आलम खाँलाई पनि एसपीमा बढुवा गरिएको छ । प्राविधिक तफर्का लोकेश चन्द्र सिंह पनि एसपीमा बढुवा हुनुभएको छ । डिआजीमा बढुवा गर्ने बेला बिबाद भएपछि अन्तिम तयारीमा रहेको डिएसपी बढुवा समेत रोकिएको थियो।
