डडेलधुरा, माघ ११
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एकीकृत माओवादीका कारण लोकतन्त्र खतरामा परेको बताउनु भएको छ ।प्रेस युनियन डडेल्धुराले गरेको पत्रकार सम्मेलनमा उपसभापति पौडेलले निजि स्वार्थले माओवादी निर्वाचनमा जान अटेर गर्दा लोकतन्त्र नै खतरामा परेको बताउनुभयो । सत्ता गठबन्धनको अधिनायकवादी चरित्रले लोकतन्त्रको धज्जी उडाएको आरोप लगाउँदै नेता पौडेलले प्रधानमन्त्री पदलाई एकीकृत माओवादीले ख्याल ठट्टा बनाएको आरोप लगाउनु भयो । यस्तै मोरङ पुग्नुभएका काँग्रेस नेता अर्जुननरसिंह केसीले राजनीतिक गतिरोध अन्त्यको एक मात्र बिकल्प नयां निर्बाचन भएको बताउनु भएको छ । प्रेस युनियन मोरङले गरेको पत्रकार सम्मेलनमा उहाँले एकीकृत माओवादीको तानशाही प्रबृतिका कारण निर्बाचन हुन नसकेको बताउनु भयो । नेता केसीले सत्ता पक्षको आचरण र व्यवहारले आउँदो जेठ महिनामा समेत संविधानसभाको निर्वाचन नहुने स्थिति उत्पन्न भएको बताउनु भयो ।
