पाल्पा,माघ ११
लामखुट्टेको टोकाइबाट सर्ने हात्ती पाईले रोग बिरुद्ध पाल्पा जिल्लामा यही माघ २०, २१ र २२ गते औषधी खुवाइदै छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले पत्रकार सम्मेलनको आयोजना गरि सो जानकारी गराएको हो । यो अभियान देशै भरी चल्दैछ । पत्रकार सम्मेलनमा जिल्ला जनस्वास्थ्य कार्यालयका बरिष्ट जनस्वास्थ्य प्रशासक झलक शर्मा पौडेलले पाल्पामा हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउने अहिले छैठौं तथा अन्तिम चरणको कार्यक्रमको तयारी भएको बताउनु भयो । सन् २००७ मा अभियान सुरुगर्दा जिल्लाको १३ प्रतिशत जनसंख्यामा रहेको हात्ति पाईले रोग अहिले २ प्रतिशतबाट पनि तल झरेको जानकारी दिनु भयो ।
उहाँका अनुसार २० गते केन्द्रमा र २१ तथा २२ गते घरघरमा गएर औषधी खुवाउने कार्यक्रम छ । २ वर्ष देखि माथिका, कुनै रोगको औषधी सेवन नगरेका व्यक्तीले यो औषधी खान सक्ने छन् । गर्भवती महिला, दम मुटका रोगी तथा दिर्घ रागीले यो औषधी खान नहुने पौडेलले बताउनु भयो । पौडेलका अनुसार हात्तिपाईलेको जिवाणु भएको व्यक्तिले औषधी सेवन गरेपछि रिगाटा लाग्ने, वाव वाक लाग्ने र बान्ता सम्म आउने लक्षण देखिने गर्दछ । अभियानलाई सफल बनाउन हेल्थपाष्टका इन्र्चाजहरु सँगको अन्तरकृया सम्पन्न भई सकेको छ ।
