भैरहवा,माघ ११
बरिष्ठ प्रहरी उपरिक्षक मिङ्गमार लामाले प्रहरी संगठन भित्र हुने भ्रष्टचार र अनियमितता रोक्ने वताएका छन् । प्रहरी संगठन भित्रको भ्रष्टचारलाई शुन्य शहनशिलतामा पुर्याउने सरकारी लक्ष्यलाई ध्यानमा राखेर पहरी संगठन भित्रको भ्रष्टचारलाई शुन्यतामा झार्ने उल्लेख गरे । अञ्चल प्रहरी कार्यालय भैरहवामा आयोजित पत्रकार संगको कुराकानीमा बरिष्ठ प्रहरी उपरिक्षक लामाले प्रहरी र पत्रकारवीच सुचना आदान प्रदानलाई प्रभावकारी बनाउने समेत उल्लेख गरे । बरिष्ठ प्रहरी उपरिक्षक लामाले सिमा अपराधका बिषयमा समेत बिशेष ध्यान पुर्याउने उल्लेख गर्दै अपराध न्युनीकरणमा लाग्ने बताए । उनले सिमावर्ती क्षेत्रबाट हुने लागुऔषधका घटना र राजमार्गमा हुने दुर्घटनाको बिषयमा गंभिरभएर लाग्ने बताए । लामा एक हप्ता अघि लुम्बिनि अंचल प्रमुख भएर आएका हुन् ।
