थाइल्याण्डका एक पत्रकारलाई १० वर्षको जेल सजाय

Read Time:1 Minute, 0 Second

थाइल्याण्डका एक पत्रकारलाई १० वर्षको जेल सजाय सुनाइएको छ । राजसंस्थाको अपमान गरेको अभियोगमा उनलाई सजाय सुनाइएको हो । थाइल्याण्डबाट प्रकाशित हुने एक पत्रिकाका सम्पादक सोम्योत प्रुसाका सेमासुक माथि राजा तथा राजसंस्थाको विरुद्धमा लेख छापेको अभियोगमा गत वर्ष थाई सरकारले पक्राउ गरेको थियो । यसका साथै राजसंस्थाको विरोधमा भएको आन्दोलनलाई सहयोग गरेको आरोप पनि उनीमाथि लगाइएको छ । तर उनीमाथिको सजाय प्रति प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै युरोपियन युनियन, विभिन्न मानवअधिकारबादी संस्था लगायत अन्तराष्ट्रिय क्षेत्रवाट आलेचना भएको छ । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %