देब पचभैया माघ ९
जहानियां राणा शासनको विरुद्धमा भएको मुक्ति आन्दोलनका योद्धा गोविन्दप्रसाद उपाध्यायको निधन भएको छ ।काठमाडौंको नयाँबानेश्वर स्थायी बसोबास भएका ८८ वर्षीय उपाध्यायको आज विहान निधन भएको हो ।
राणा शासनको विरुद्ध भएको आन्दोलनका योद्धा उपाध्याय राजपरिषद स्थाई समितिको कार्यबाहक अध्यक्ष समेत रहनु भएको थियो । उपाध्याय पञ्चायतकालमा अञ्चलाधिश समेत हुनु भएको थियो ।
