पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति डा. केशरजंग बराल मगर प्राज्ञिक व्यक्तित्व हुन् । उनले नेपालका ४ प्रधानमन्त्रीसाग काम गरेको अनुभव संगालेका छन् । विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने भएकाले मुलुकका प्रमुख कार्यकारीसग काम गर्ने अवसर पाएका बरालले फरक फरक दलका ती प्रधानमन्त्रीहरुसग रोचक अनुभव संगालेका छन् । नेपालमा आधुनिक शिक्षा नीतिमा परिवर्तन ल्याउनुपर्ने सोच बोकेका केशरजंग बराल मगर पाल्पाका मगर हुन् । उनी विद्यावरिधि गर्ने मगर समुदायबाट दोस्रो र पाल्पाको पहिलो व्यक्ति हुन् । हाल त्रिभुवन विश्वविद्यालयमा फाइनन्स प्रोफेसरको रुपमा कार्यरत उनी शिक्षा मन्त्रालयअन्तर्गत खुला विश्वविद्यालयको सल्लाहकार छन् । फुलब्राइट कमिसन र अमेरिकन फाइनन्स एसोसियसनका सदस्य तथा एसियन डेपलपमेन्ट बैकको राजिस्टर कन्सल्टेन्टको जिम्मेवारी बोकेका उनी अगस्टको पहिलो सातादेखि डिसेम्बरसम्म सेन्टक्लाउस युनिभर्सिटी मिचिगनमा एसिस्टेन्ट प्रोफेसरको रुपमा पढाउन आएका हुन् । अमेरिकी विश्वविद्यालयमा पाच महिना लामो अध्यापन सकेर नेपाल र्फकनु अघि पूर्व उपकुलपति डा. बराल मगर साग एभरेस्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पाले गरेको कुराकानी ।
तपाईंले पाउनुभएको शैक्षिक सफलताबारेमा केही भनिदिनोस्न ?
हामी पढ्दा पाल्पामा पढ्नेहरुको संख्या असाध्यै कम थियो । जति स्कुलमा कम थियो कलेजमा पनि उत्तिकै कम थियो । त्यसमा पनि मगर समुदायबाट त्यतिखेर म र बद्रीबहादुर थापामात्र थियौं । त्यसपछि पाल्पाकै कृष्णबहादुर राना अध्ययन गर्थे । तर हाम्रो ब्याजमा हामी दुईमात्र थियौं । गाउामा त्यतिखेर बढीजसो लाहुरमा जानेहरुको लहर बढी थियो । पढ्नका लागि समाजले उत्साह पनि कम दिन्थ्यो । हामी अन्य समुदायका बालबालिकासंगै लगनशीलताका साथ पढ्यौं । विस्तारै कालान्तरमा हामीले चाहेको परिस्थिति पनि अघि बढ्दै जादा विदेशमा पुगेर पढ्ने अवसर पनि पाए।
मुलुकको शिक्षा प्राणालीको विकासबारे तपाईं के भन्नुहुन्छ ?
मुलुकमा अहिलेसम्मको शिक्षामा प्रणालीको विकास हेर्ने हो भने पछिल्लो समयमा सीमित व्यक्तिहरुले विद्यालय व्यापार गर्ने थलो बनेको छ । समय सापेक्षित रुपमा न सम्बन्धित निकायको ध्यान जान सकेको छ न त सरकारले नै फराकिलो तवरले सोच्न सकेको छ ।
युरोप र अमेरिका भ्रमणपछि हाम्रो देश नेपालको शिक्षाको अवस्था कस्तो देख्नु भो ?
नेपालका राजनीतिक पार्टी र नेताहरुले विद्यालयमा र विद्यार्थीहरुमाथि लादेको गलत राजनीतिक संस्कारकै कारण शिक्षा क्षेत्रमा निकै असर पुगेको छ । जबसम्म यो हट्दैन तबसम्म देशमा अन्योल छाइरहन्छ । यो सस्कार हट्न अझै पनि निकै लामो समय लाग्छ । राजनीतिक नेताहरुमा देशलाई कसरी माथि उठाउने भन्ने स्पष्ट सोच र विवेक हुनुपर्छ । जबसम्म उनीहरुलाई स्पष्ट सोच हुदैन तबसम्म देश यस्तैगरी रुमलिरहन्छ ।
नेपालको स्कुलमा पढनेहरु नेविसंघ र अनेरास्वियुमा कुनै एक हुनुपर्नै रहेछ नि ?
म विश्वको विभिन्न मुलुकको शिक्षण संस्थामा पुगें तर नेपालमा जस्तो विद्यालय र कलेजमा विद्यार्थीहरुको राजनीति देखिन । अध्ययन गरिरहेका बालबालिकाहरु कोही पनि राजनीतिमा लाग्दैनन् । पार्टी र नेताहरुको यस्तो गलत संस्कारले जहिले पनि नेपालको विद्यालयमा राजनीति भइरहेको हो । यो शिक्षामाथिको गलत संस्कार हो । जसको कारणले हाम्रो देशमा राजनीतिक अन्योल छाएको हो । युरोप अमेरिका त परै जाओस् छिमेकी मुलुक भारतमा समेत विद्यालयमा पार्टी र नेताको यस्तो गलत संस्कार छैन ।
अमेरिकी र नेपालको शिक्षा प्राणालीबीच के फरक पाउनु भो ?
मैले केही समय यहाको विश्वविद्यालयमा पढाउने काम गर्दा निकै राम्रो अनुभव मिल्यो । त्यतिको अवधिमा मैले स्थानीय प्रोफेसहरुसाग पनि निकै छलफल गरें । यहा कोही पनि विद्यार्थी पैसा नभएर पढ्न नपाउने होइन रहेछ । पैसा नहुने गरिबको छोराले पढ्न नपाउने भन्ने हुादैन रहेछ । असी प्रतिशत फेडरल सरकारले लगानी गर्दोरहेछ बाकी स्थानीय सरकारले लगानी गर्दोरहेछ त्यो आफैंमा निकै सकारात्मक पक्ष लाग्यो । तर हामी कहा शिक्षाको नीति नै गलत छ । गरिबको बालबच्चाले भने जस्तो कहा यहाको जस्तो पढ्न पाउछ र ?
संविधान सभामा त्यतिको धेरै सभासदहरुले किन केही गर्न नसकेको होलान् ?
म राजनीतिमा खासै नजिक छैन तैपनि संविधान सभाको चर्चा गर्ने हो भने संविधान बनाउाछु भनेर सयौं भेला भए तर उनीहरु कसैले पनि जनताको भावनाको प्रतिनिधित्व गर्न सकेनन् । त्यसमा पनि जनजाति सभासदहरुको संख्यासमेत धेरै थियो । तर जति नै भए पनि के गर्ने तीन दलको प्रमुख नेताले जे गर्यो त्यसमै ल्याप्चे लाउनुबाहेक केही सिप लागेन ।
नेपालको राम्रो विद्यार्थीहरु विदेश जान्छन् उनीहरुलाई र्फकने वातावारण सरकारले दिन सक्छ ?
विदेशमा पढन जाने विद्यार्थीहरुका लागि भनेर दिदै आएको गुणस्तरको भन्ने शिक्षा नै गलत तरिकाले दिइरहेका छौ । हामीले हाम्रो देशकै आवश्यकताअनुसारको शिक्षा दिन सकिरहेको छैनौं । देशको आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्न नसकेकाले पनि हाम्रो लगानीमा उत्पादित राम्रो जनशक्तिहरुलाई सितैमा विदेश पठाइरहेका छौ । उदाहरणका लागि हरेक वर्ष विभिन्न मुलुकबाट २ हजार जति नेपाली डाक्टरहरु उत्पादन हुन्छ तर सरकारले मुलुकमा काम गर्ने वातावरण दिन सकेको छैन । नेपाली जनताको लगानीमा उत्पादित डाक्टर युरोप र अमेरिका पुगेर सेवा गरिरहेका छन् । देशले आफ्नो स्रोत र साधनको सक्दो सदुपयोग गर्न सकेको छैन ।
पोखरा विश्वविद्यालयमा उपकुलपति हुदा चारजना प्रधानमन्त्रीसग काम गर्दा कस्तो लाग्यो ?
चार प्रधानमन्त्री फेरिदा मैले उपकुलपति भएर काम गरें तर कुनै पनि प्रधानमन्त्रीको शिक्षाप्रतिको सोच भने स्पष्ट देखिन । चारैजना प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालसाग मैले काम गर्ने मौका पाए । त्यतिखेर ती सबै प्रधानमन्त्रीले पहिलो प्रथामिकतामा आफ्नो नातागोता, त्यसपछि पार्टीको र अन्त्यमा जनताको छोराछोरीका लागि सोच्ने गरेको पाइयो । सबै प्रधानमन्त्रीसाग मेरो खासै राम्रो तालमेल भएन । उनीहरुको सोच देखेर धेरै दुःख लाग्यो । उनीहरुको स्वार्थी विचारसग मेरो कहिल्यै पनि कुरा मिलेन।
(एभरेस्ट टाइम्स बाट)