काठमाण्डौ,माघ ७
दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या अभियोगमा गिरफ्तार आफ्ना पाँच नेता तथा कार्यकर्ताको तत्काल रिहाई माग गर्दै नेकपा–माओबादीले आन्दोलनको घोषणा गरेको छ । नेकपा–माओवादीको भेरी–कर्णाली राज्य संगठन समितिले आज राजधानीमा पत्रकार सम्मेलन गर्दे पक्राउ परेका नेता तथा कार्यकर्तालाई तत्काल रिहाइ गरी सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत मुद्दालाई लैजानका भन्दै आन्दोलनको घोषणा गरेको हो । आन्दोलन अन्तर्गत भेरी–कर्णाली अन्र्गतका जिल्ला बन्द , धर्ना प्रर्दशन लगाएतका छन । त्यस्तै विगतको विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानको प्रावधान विपरित दैलेखमा ५ जना नेता तथा कार्यकर्ताको गिरफ्तारी भएको नेकपा–माओवादीको दाबी छ । बृहत शान्ति सम्झौताको गम्भीर उल्लंघन गरेको भन्दै गृह प्रशासन देशी–विदेशी तत्वहरुको उक्साहटमा लागेर द्धन्दको सुरुवातमा सक्रिय भएको माओबादीको भनाई छ । पत्रकार थापाका हत्या अभियोगमा पक्राउ परेकालाई कारबाही गर्न माग गर्दे राजनीतिक दल, अधिकारकर्मी लगायतले आन्दोलन जारी राखेका बेला नेकपा–माओवादीले पक्राउ परेकालाई बचाउन आन्दोलन घोषणा गरेको हो ।
