काग्रेस नेताहरुको बोली

Read Time:1 Minute, 56 Second

 काठमाण्डौ, माघ ७

नेपाली काग्रेसका नेताहरुले राष्ट्रिय सहमतिका लागी सत्तापक्ष गम्भीर नभएको आरोप लगाएका छन् । मुलुकमा जारी गत्यारोध अन्त्यका लागी नया जनादेश आबश्यक भएतापनि माओबादीले सत्तालिप्साका कारण निर्बाचन नै नचाहेको आरोप उनीहरुको छ । आज किर्तिपुरमा आयोजित कार्यकर्ता भेलालाइ सम्बोधन गर्दे कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बिभिन्न कारणले काग्रेस कमजोर भएका कारण लोकतन्त्र कमजोर भएकाले अब शसक्त भएर प्रस्तुत हुने बताउनुभएको छ । काग्रेस कमजोर भएको मौका छोपेर देशी तथा बिदेशी शक्ति मुलुकको लोकतन्त्र कमजोर बनाउने षडयन्त्रमा लागेको उहाको भनाई छ । त्यस्तै तेरथुममा भएको एक कार्यक्रममा काग्रेस नेता अर्जुन नरसिह केसिले माओबादीको सर्बसत्ताबादलाई अन्त्य गर्न आन्दोलन जरुरी भएको बताउनुभयो । उहाले आन्दोलनमार्फत नै सत्तापक्षलाई सहमतिमा ल्याउने ठोकुवा समेत गर्नुभयो ।

नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा काँग्रेसका केन्द्रीय सदस्य प्रकासशरण महतले राजनीतिक सङ्कट समाधानका लागि सरकारविरुद्ध आन्दोलन चर्काउनुको विकल्प नभएको बताउनुभएको छ । नेता महतले वर्तमान सरकारलाई विस्थापन गरी सहमतिको नया सरकार निर्माण गरेर अगाडि बढ्नु अहिलेको आबश्यकता भएको बताउनु भयो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %