गोविन्द घर्ति रुपन्देही माघ ६ । राष्ट्रिय सहमतिय सरकार निर्माण गरी मुलुकलाई निकास दिनु पर्ने राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एवं पुर्व श्रम तथा यातायात मन्त्री एमएस थापाले बताउनु भएको छ । अध्यक्ष थापाले सत्यनिरुपण आयोग गठन गरी द्धन्द्धकालको मुद्दालाई किनारा लगाउनु पर्नेमा जोड दिनु भयो । राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले पार्टीको २३ औं स्थापना दिवसको अवसरमा रुपन्देहीको शंकरनगर वनवाटिकामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उक्त कुरा बताउनु भएको हो । पहिचान सहितको संघीयता विना आदिवासी जनजाति, पिछडा वर्ग, उत्पीडन वर्ग, महिलाहरुको हक र अधिकार स्थानपित हुन नसक्ने अध्यक्ष थापाको भनाई रहेको थियो । ठूला राजनैतिक दलका नेता र राष्ट्रपतिका कारण संविधान सभा भंग भएको अध्यक्ष थापाले आरोप लगाउनु भयो । पार्टीका जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका संघीय सदस्य बलदिप राई, राष्ट्रिय युवा मोर्चाका महासचिव सुन्दर गुरुङ्ग, राष्ट्रिय महिला मोर्चा रुपन्देहीका अध्यक्ष धनी आले, क्षेत्र नं ७ का क्षेत्रीय अध्यक्ष महेवर मुराऊ, आमिक राना लगायतले बोल्दै मुलुकलाई संघीयतामा लैजानु पर्नेमा जोड दिएका थिए । सो अवसरमा पार्टीलाई योगदान दिने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । पार्टीका उपाध्यक्ष मधु रानाको स्वागत र दल बहादुर थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
राष्ट्रिय जनमुक्ति पार्टीको २३ औं स्थापना दिवस रुपन्देहीमा
Read Time:2 Minute, 25 Second
