देब पचभैया पाल्पा, ६ माघ
एकिकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य एवं पश्चिम कमाण्ड ईन्चार्ज लिलामणी पोखरेलले काँग्रेस नेतृत्वको सरकारमा चुनावमा जानु घातक हुने बताउनु भएको छ । एकिकृत नेकपा माओवादी पाल्पाको प्रथम जिल्ला सम्मेलनको आज तानसेनमा उद्घाटन गर्दै उहाँले संक्रमणकालिन अहिलेको अवस्थामा राष्ट्रपति र प्रधानमन्त्री एकै दललाई जिम्मा लगाउनु राजनीतिक मूख्र्याइ हुने तर्क गर्नुभएको हो । पोखरेलले काँग्रेसले संविधान सभाको ठूलो दल एमाओवादीलाई विश्वाँस गर्दैन भने उस्लाई पनि विश्वाँस गर्न जरुरी नरहेको उहाको भनाई छ । आज सम्मको सबै निर्बाचन काग्रेस नेतृत्वको सरकारले गराएको बताउदै नेता पोख्रेलले अब पनि काग्रेलाई नेतृत्व दिन आफुहरुलाई मंजुरनभएको बताउनुभयो । प्रतिपक्षी दलहरुले बिगतका द्धन्द्धका घाउहरु कोट्याएर शान्ती प्रकृया बिथोल्न खोजेको उहाको आरोप छ ।
वर्तमान सरकारलाई सबैतिरबाट असहयोग भईरहेको बताउदै उहाले न्यायलय, प्रहरी प्रशासन, कर्मचारीतन्त्र सबैले सरकारलाई असहयोग गरेको टिप्पणी गर्नुभयो । कार्यक्रममा अर्का पोलिटब्यूरो सदस्य लोकेन्द्र विष्टले राष्ट्रिय सहमति नभए सम्म एकीकृत नेकपा माओवादी सरकारबाट नहट्ने बताउनु भयो । उहाँले माओवादी नेतृत्वमा सरकार रहेपनि सत्ता अरुसंगै रहेको बताउनु भयो । सम्मेलनले महाधिबेशन प्रतिनिधीको चयन गर्नुका साथै राज्य सम्मेलनका प्रतिनिधीहरुको टुंगो लगाउने छ । बन्द सत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिबेदन माथि अध्ययन र छलफल हुने एकिकृत माओबादी पाल्पाका सचिब नेत्र पाण्डे बताउनु भयो ।
