अर्थमन्त्रीको कुरा

Read Time:1 Minute, 4 Second

तनहु, माघ ५,अर्थमन्त्री वर्षमान पुनले सेती नदीमा निर्माण गर्न लागिएको माथिल्लो सेती परियोजना निर्माण कार्यलाई अगाडी बढाएको बताउनुभएको छ । तनहुमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्री पुनले सरकारले परियोजनाका लागि आवश्यक स्रोत सामाग्री जुटाएर निर्माण कार्य अगाडी बढाएको बताउनुभयो । उहाँले जापान, युरोपेली बैंक लगायतका दातृ निकायको सहयोगमा निर्माणकार्य अगाडी बढाइएको भन्दै परियोजना सुचारु गर्न आर्थिक अभाव नहुने स्पष्ट पार्नुभयो । उक्त परियोजना सम्पन्न भएपछि समग्र देशको विद्युत्भार कटौतीलाई समेत न्यूनीकरण गर्न सकिने भएकाले परियोजना निर्माणलाई सरकारले प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %