कोलिय बचत तथा ऋण तथा सहकारी संस्थाको सेवा केन्द्र स्थापना

Read Time:2 Minute, 10 Second

गोविन्द घर्ति रुपन्देही

कोलिय बचत तथा ऋण तथा सहकारी संस्थाले रुपन्देहीको केरवानी २, ६ नम्वर चोकमा सेवा केन्द्र स्थापना गरेको छ । सेवा केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष भिम तुलाचनले सामाजिक परिवर्तन र रुपान्तरणका लागि सहकारीले ठुलो भुमिका खेल्ने बताउनु भएको छ । उहाँले मानव सभ्यता सगै सहकारीको इतिहास जोडिएकाले सहकारी मार्फत समाज, राष्ट्र र विश्व परिवर्तन गर्न सकिने दावी गर्नु भयो । कार्यक्रममा बोल्दै जिल्ला बचत तथा ऋण सहकारी संघका जिल्ला अध्यक्ष कृष्ण नेपालले सहकार्यका लागि सहकारीको आवश्यकता भएकोले कोलिय बचत सहकारीले गाउँ गाउँमा सदस्य बनाएर अघि बढ्न सफल भएकोमा खुशी व्यक्त गर्दै सफलताको कामना गर्नु भएको थियो । संस्थाका अध्यक्ष प्रकाश अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा केरवानी गाविसका सदस्य तथा केरवानी उप स्वास्थ्य चौकीका इञ्चार्ज इश्वरी ढुंगाना, सेवा विकास बैक देवदह शाखाका प्रवन्धक दण्डपाणी भट्टराई, नेपाल आदिवासी जनजाति महासंघ केरवानीका अध्यक्ष कालुराम थापा, छहारी आमा समुहका अध्यक्ष भगवती गैरे, केरवानी बजार व्यवस्थापन समितीका अध्यक्ष गणेश खाती, रुद्र प्रसाद पराजुली, विष्णु पाण्डे, प्रजापति सापकोटा लगायतले बोल्दै विकट गाउँमा पनि कोलिय बचत ऋण सहकारीले आफ्नो सेवा केन्द्र सञ्चालन गरि आर्थिक कारोबार गर्न शुरु गरेकोमा खुशी व्यक्त गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %