देब पचभैया
पाल्पा, माघ ३, पाल्पाको दर्लममहाकाली मन्दिरमा आजबाट एक हप्ते महायज्ञ सुरु भएको छ । मन्दिरको दीर्घकालिन बिकास र त्यस क्षेत्रको धार्मिक पर्यटन बिकासको योजना सहित आयोजना गरिएको महायज्ञको प्रहरी महानिरीक्षक कुबेर सिं रानाले उद्घाटन गर्नु भयो । उद्घाटन समारोहलाई सम्बोधान गर्दै उहाँले सनातन धर्मले विश्व शान्ति कायम गर्न मद्दत पुग्ने बताउनु भयो । उहाँले धर्मले सत्यता, सतविचार र नैतिककवान बनाउने बताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथी प्रमुख बाचक भिमकान्त पन्थि, नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजन प्रसाद पन्त, एमाले नेता तथा पुर्व साम्सद सोम प्रसाद पाण्डे, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, महायज्ञ संरक्षण समितीका अध्यक्ष ङणराज गैरे लगायतले बोल्नु भएको थियो । महायज्ञबाट संकलित रकम महाकाली क्षेत्रको बिकासमा लागानी गरिने महायज्ञ मूल आयोजक समितिका अध्यक्ष पीताम्वर शर्माले जानकारी दिनुभयो । महायज्ञको सुरुमा आज ३७ वटा समुहले कलशयात्रा निकालेका थिए । महायज्ञ १० गते सम्म संचालन हुने छ । दर्लम महाकाली नामले परिचित उक्त मन्दिर निर्माण कार्यलाई २०४८ सालदेखि निरन्तरता दिइदैं आएको छ । बिशाल प्यागोडा शैलीमा निर्मित उक्त मन्दिर क्षेत्रलाई धार्मिक एवम् प्रशिद्ध तीर्थ स्थलको रुपमा बिकास गर्ने स्थानीयको योजना छ । मन्दिरमा वर्षेनी बृहत रथ यात्रा हु“दै आएको छ । घर छाडेर कही बाहिर जानुपरे अथवा कुनै शुभकार्य गर्नु परेमा महाकालीस“ग आर्शिवाद माग्ने र काम सिद्ध भएपछि बली चढाउने, रोट लैजाने र पूजा आज गर्ने प्रचलन रह“दै आएको छ ।
