गोविन्द घर्ति देवदह माघ १ । राज्यले बेवास्ता गर्दा जातीय पर्व लोप हुदै गएको नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष दल बहादुर विरकट्टाले बताउनु भएको छ । उहाले जातीय पर्वलाई राज्यले लगानी गरी संरक्षण र सम्वद्र्धन गर्नु पर्नेमा जोड दिनु भयो । नेपाल मगर युवा संघ देवदहले माघे संक्रान्तिको अवसरमा आयोजित बृहत सांस्कृतिक कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो । सो अवसरमा बोल्दै अर्का वक्ता नेपाल मगर युवा संघ रुपन्देहीका उपाध्यक्ष कमल थापाले भाषा विना जातीको पहिचान नहुने हुदा भाषाको संरक्षण र सम्वद्र्धनमा सम्पूर्ण मगरहरु लाग्नु पर्नेमा जोड दिनु भएको थियो । बृहत सांस्कृतिक कार्यक्रममा मगर कला र संस्कृति संरक्षण मञ्च नेपालले मारुनी नाच र मगर संस्कार संस्कृति झल्किने विभिन्न नाचहरु प्रस्तुत गरेका थिए । नेपाल मगर युवा संघ देवदहका अध्यक्ष राम बहादुर थापाको अध्यक्षता, सचिव हिमाल थापाको स्वागत र दिलमाया घर्तिको संचालनमा भएको कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । साथै कार्यक्रममा मगर संस्कार र संस्कृति संग मिल्ने मगरखानाको समेत प्रदर्शन गरेका थिए । कार्यक्रममा २०६७ र ०६८ को प्रवेशीका परिक्षामा विशिष्ठ श्रेणीमा उत्तिर्ण गर्न सफल भएका मगर विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
नेपाल मगर युवा संघ देवदहले माघे संक्रान्तिको मनायो
Read Time:2 Minute, 4 Second
