बुटवल ,१ माघ, बुटवल नगरपालिकामा आदिवासी जनजातिका लागि छुट्याइएको बजेटबारे आफुहरुलाई कुनै जानकारी नभएको आदिवासी जनजाति अगुवाहरुले गुनासो गरेका छन् । उनीहरुले आदिवासी जनजातिका लागि विनियोजित बजेट सडक निर्माण कार्यमा खर्चेको भन्दै त्यसो नगर्न नगरपालिकाका सचिवलाई सचेत गराएका छन् । नेपाल सरकार अन्तरगत आदिवासी जनजाति जिल्ला समन्वय समिति,रुपन्देहीद्धारा अनुगमन गर्ने क्रममा बुटवल नगरपालिका पुगेको अनुगमन टोली,सम्वद्ध आदिवासी जनजाति अगुवाहरुबीच भएको अन्तरक्रियामा बोल्ने वक्ताहरुले नगरपालिकालाई सचेत गराएका हुंन् । नगरपालिकाले लक्षित बर्गका लागि छुट्याइएको ८५ लाख बजेट सडक निर्माण,खानेपानी बोरिङ निर्माण,भवन निर्माण लगायतमा खर्चेको भन्दै जनजाति अगुवाहरुले यसलाई दुर्भाग्यपूर्ण कार्यको संज्ञा दिएका छन् । अन्तरक्रियामा बोल्दैं बुटवल नगरपालिकाका वरिष्ठ अधिकृत भुवाप्रसाद लुइटेलले आफुहरुबाट भएका कमी कमजोरी सुधार्ने प्रतिवद्धता जनाउंनु भयो । कार्यक्रममा आदिवासी जनजाति जिल्ला समन्वय समिति,रुपन्देहीका उपाध्यक्ष धनबहादुर गुरुङ,जिविस,रुपन्देहीका सामाजिक अधिकृत दुर्गा श्रेष्ठ,आदिवासी जनजाति महासंघ,रुपन्देहीका अध्यक्ष होमबहादुर गलामी,महासंघका बुटवल नगर अध्यक्ष दिलबहादुर खाम्चा,थकाली सेवा समिति,बुटवल क्षेत्रका अध्यक्ष शिवप्रसाद शेरचन,तमु ह्युल छोंज धी.गुरुङ राष्ट्रिय परिषद्,बुटवल नगर अध्यक्ष भीमबहादुर गुरुङ,महासंघका पूर्व सचिव प्रेम गुरुङ,नेपाल तामाङ घेदुङका कुमार तामाङ,जनजाति महिला महासंघकी होमाया गुरुङ,बिरबहादुर गर्बुजा लगायतले बोल्नु भएको थियो ।टोलीले आजैं पर्राहा गाविसको पनि अनुगमन गरेको छ ।
जनजातिको वजेट अन्तै खर्च भएको गुनासो
Read Time:2 Minute, 34 Second
