परियोजना हस्तान्तरण कार्यक्रम संपन्न

Read Time:3 Minute, 26 Second

 बाँके (कोहलपुर) २९ पौष,कोहलपुर क्षेत्रमा संचालित ग्रामिण पोषण परियोजनाको हस्तान्तरण कार्यक्रम संपन्न भएको छ । छिमेकी संस्था नेपालद्धारा संचालित ग्रामिण पोषण परियोजना तेर दे जोम फाउण्डेशन (टि.डि.एच) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा विगत २००७ देखि बाँके जिल्लाको कोहलपुर, रझैना र नौवास्ता गाविसमा संचालन हुँदै आएको थियो ।  हाल उक्त कार्यक्रम अन्त्य भएको हुदा उक्त कार्यक्रमहरु तालिम प्राप्त स्वयंसेविकाहरु र कोहलपुर,गाभर र पित्तमारीमा समुदायको संरक्षण समिती गठन गरी कार्यक्रमलाई निरन्तरता दिने कुरामा सहमत भई हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रमले ३ गाविसका ८ वटा गाँउहरुमा गर्भवती, सुत्केरी र ५ वर्षमुनिका बालबालिकाहरुसँग स्वास्थ्य र पोषण सम्बन्धि तालिम प्राप्त महिला स्वयंसेविकाहरु द्वारा कार्यक्रम  संचालन हुँदै आईरहेको थियो ।  यस कार्यक्रम अन्तर्गत नौवस्ता गाविसको पितमारी र गाभर मा २ वटा र एकतानगर, कोहलपुर मा १ वटा गरी जम्मा ३ वटा शिशु स्याहार  केन्दहरु तेर दे जोम फाउण्डेशन लगायत अन्य संस्थाहरुको आर्थिक सहयोगमा भवन निमार्ण गरी संचालन हुदै आएको छ ।  प्रत्येक केन्द्रबाट सरदर २५ जना बालबालिकाले सेवा लिईरहेका छन् । यस परियोजनाकोे कार्य अवधिमा जम्मा  १६ सय ९३ बालबालिकाले मासिक बृद्धि अनुगमनबाट सेवा पाएका थिए भने ४ सय ८४ जना कुपोषित बालबालिकाहरुलाई महिला स्वयम्सेविका तथा सामुदायिक कार्यकर्ताले नियमित घरभेट गरेका थिए । यस परियोजनाको अन्तिम वर्षमा ४सय १ गर्भवति मध्ये ९१ % ले आइरन चक्की सेवन गरे भने ५६ % जनाले जुकाको औषधी सेवन गरे, २ सय ७९ सुत्केरी आमाहरुमध्ये ८८% ले भिटामिन ए सेवन गरे र ७८ % आमाहरुले बच्चा जन्माएको एक घन्टा भित्र स्तनपान गराएको पाइयो । कोहलपुर गाँउ विकास समितिका सचिव अमर राज खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो उक्त प्रमाणपत्र वितरण तथा गा्रमिण पोषण परियोजना हस्तान्तरण कार्यक्रममा कार्यक्रममा परियोजनाको प्रगति विवरण छिमेकी संस्था नेपालका कोषाध्यक्ष गंगा दवी महर्जनले प्रस्तुतले गर्नुभएको थियो भने संरक्षण समितिका पदाधिकारीहरु, जिल्ला शिक्षा कार्यालय तथा तेर दे जोम फाउण्डेशनका प्रतिनिधिहरुले आफ्नो मन्तब्य प्रस्तुत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %