सर्वपक्षीय गोलमेच सम्मेलनबाट मात्र मुलुकले निकास पाउने

Read Time:2 Minute, 0 Second

गोविन्द घर्ति, रुपन्देही

सर्वदलिय र सर्वपक्षीय गोलमेच सम्मेलनबाट मात्र मुलुकले निकास पाउने नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष राजकुमार लेखीले बताउनु भएको छ । उहाले ठूला राजनैतिक दलका नेताहरुका कारण देश प्रतिगमन तर्फ गईरहेको बताउनु भयो । नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिज रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो । पत्रकारहरुको जिज्ञासाको प्रत्युत्तरमा उहाँले जातीय पहिचान सहितको संघीयता विना आदिवासी जनजातिले हक र अधिकार प्राप्त गर्न नसक्ने दावी गर्नु भयो । अध्यक्ष लेखीले राजनैतिक दलहरुले आदिवासीहरुलाई भोट बैकको रुपमा मात्र प्रयोग गर्दै आएकोले अव आदिवासी जनजातिहरुको हितमा काम गर्ने शक्ति आवश्यक रहेको बताउनु भयो । अध्यक्ष लेखीले राजनैतिक दल, प्रधानमन्त्री र राष्टपतिले अन्तरिम संविधानलाई समाप्त गरी शासनसत्ता टिकाई राख्न खोजेको आरोप लगाउनु भयो । नेपाली सेनाका कर्णेल लामालाई पक्राउ गरेर अन्र्तराष्ट्रिय हस्तक्षेप नेपालमा बढ्दै गएको प्रमाणित भईसकेको उहाले दावी गर्नु भयो । नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिज रुपन्देहीका अध्यक्ष भिम गुरुङ्गको अध्यक्षता र सचिव टेक मास्कीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %