अपहरण भनिएका कोईरालाको शब भोटियो

Read Time:2 Minute, 34 Second

देब पचभैया,पाल्पा पौष २८

सोमबार राती देखि घरबाटै बेपक्ता भएका तानसेन, ११ बाख्खोरका २५ बर्षिय सुदीप कोईरालाको आज बिहान हत्या गरी फलिएको अबस्थामा शब भेटिएको छ । पाल्पाको केराबारी र चर्चरेको बिचमा पर्ने भिरबाट झाडीमा फालिएको अबस्थामा उनको शब भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ । उनको शरिरका बिभिन्न भागमा चोट रहेको र घाटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरी फलिएको पाल्पाका प्रहरी निरिक्ष पुरुषोत्तम पाण्डेले जानकारी दिनुभएको छ । उहाका अनुसार घटनाको अनुसन्धान भैरहेको र कोईरालाको रिशिबिका कारण हत्या भएको हुन सक्ने बताउनुभएको छ । हत्या गरी फालिएको शब भिरमा भएकाले निकाल्न कठिन भएको प्रहरीले बताएको छ ।

दाजुको अपहरण भएको भन्दै खोजबिन गरिदिन उनका आमा, बाबु र परिवारले सबै संग आग्रह गरेका थिए । कोईरालालाई घरमा सुतेको अवस्थामा उठाएर लगिएको परिवारले बताएका छन् । बताएका छन् । सुदीप सुत्ने बिस्तराको तन्ना, विच्छ्याउने अर्को कपडा र सिरकको खोल पनि हत्यारहरुले लगेका थिए । सिद्धार्थ रागमार्गको प्रभासदेखि तीन किलोमिटर टाढा रहेको उनको घर नजिकै चौरमा उनी हराएको अघिल्लो दिन रगतको धब्बासमेत भेटिएको थियो ।सुदिपको आमाले आफुहरु सुतेको बेला मध्यरातमा बाहिर बाट सुदिप भन्दै कसैले बोलाएको र सुदिप कोठा बाट निश्किएको बताउनुभएको थियो । साथीहरुले बोलाएका होलान भन्दै आफुहरुले वास्ता नगरेको तर सुदिप त्यसपछि घरमा नफर्किएको उहाले जानकारी दिनुभएको थियो । भाई र दाजु बुटवलमा व्यापार व्यवसाय गरि बस्ने र अपहरणमा पछि हत्या गरिएका सुदीप घरमै आमाबुबा संग बस्दै आएका थिए । केही दिन पछि मात्रै बिदेश जाने तयारी गरेका सुदीपको अपहरणर पछि हत्या भएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %