निजि विद्यालयको आवश्यकता छः बानिया

Read Time:3 Minute, 42 Second

देब पचभैया, पौष २८

निजि तथा आवाशिय अर्गनाइजेशन नेपाल प्याव्सनका केन्द्रिय सचिव राजेन्द्र वानियाले अहिलेको सरकारले निजि विद्यालयको आवश्यकतालाई महसुस गरेको दावी गर्नुभएको छ । उहाँले निजि विद्यालयले सामाजिक सुरक्षा अन्तर्गत ५ प्रतिशत कर तिर्नुपर्छ भनेको तर सरकारले पछि १ प्रतिशत दिएपनि हुन्छ भनेर मान्नु निजि विद्यालयको आवश्यकताको महसुस गरेको पुष्टी भएको दाबी गर्नुभयो । निजि तथा आवाशिय अर्गनाइजेशन नेपाल प्याव्सन पाल्पाको आज तानसेनमा भएको वार्षिक साधारणसभामा बोल्दै उहाँले जनयुद्धमा निजि विद्यालयको विरुद्ध चर्का नारावाजी गरेको एकिकृत नेकपा माओवादीले अहिले आफ्ना छोराछोरीलाई सोही विद्यालयमा पठाउन थालेको बताउनुभयो । निजि विद्यालयलाई राष्ट्रियकरण गर्न तत्कालै सम्भव नहुने र कर सम्बन्धी लचकता देखाउनु देखाउनुले पनि अहिलेको सरकार निजि विद्यालयको योगदानलाई बुझेको उहाँको भनाई थियो । तर सौतेनी व्यावहार भने गर्न नछोडेको बताउनुभयो । नेपालमा दुई खालको शिक्षा निति नभई व्यवस्थापनमा मात्र फरक हो उहाँले भन्नुभयो तर पनि सरकारले निजि विद्यालयलाई यो वा त्यो वहानामा विभेद गरिरहेको छ । उहाँले आफुहरुसँग पनि सल्लाह लिएर बनाएको जुनसुकै कानुनलाई पनि स्वीकाने बताउनुभयो । कार्यक्रममा प्याव्सनका केन्द्रीय सदस्य मिनप्रसाद वञ्जाडेले नेपालको आवश्यकतालाई ख्याल गरेर निजि विद्यालय स्थापना भएको भन्दै कुनै पनि डाहा नगरी यस विद्यालयका राम्रा पक्षलाई अँगालेर अगाडी बढ्न सरकारलाई आग्रह गर्नुभयो । कार्यक्रममा एकिकृत नेकपा माओवादीका वलु गैरे, नेकपा एमालेका नारायाण जिसी, राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाका अध्यक्ष डुलवहादुर कुवँर, राष्ट्रिय जनमोर्चाका सचिव विशाल दर्लामी, शिक्षक युनियन पाल्पाका सचिव विष्णु पोख्रेल, तानसेन नगरपालीकाका कार्यकारी अधिकृत निरन भट्टराई, जिल्ला प्रशासन कार्यालय पाल्पाका नारायाण प्रसाद न्यौपाने, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव रेखिराम राना, सामुदायिक रेडियो मुक्तिनाथका समाचार प्रमुख मिलन विक, श्रीनग एफ.एमका स्टेशन म्यानेजर देव पचभैया, पत्रकार किरण कौशल, राजकुमार आले लगायतले बोल्नु भएको थियो । प्याव्शन पाल्पाका अध्यक्ष खेमवहादुर सारुको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष सूर्यप्रसाद घिमिरेले स्वागत र सचिव भरतप्रसाद न्यौपानेले सञ्चालन गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %