देब पचभैया,पाल्पा,पौष २६
तानसेन नगरपालीकाको सोह्रौ नगर परिषद सम्पन्न भएको छ । बुधबार भएको परिषदमा नगरपालीकाका कार्यकारी अधिकृत निरन भट्टराईले आर्थिका वर्ष २०७०÷७१ का लागि पूजिगत खर्च १०करोड १० लाख १५ हजार रुपैँया र प्रशानिक खर्च १ करोड ७ लाख रुपैँया गरी ११ करोड २५लाख १५ हजार रुपैँया वरावरको कार्यक्रम तथा वजेट प्रस्तुत गरे । वजेट तथा कार्यक्रममा तानसेनको पर्यटन र सरसफाईलाई विशेष प्राथमिकतामा राखिएको भट्टराईले बताए । विश्व वैंक कार्यक्रमबाट ठूला लगानीका विकास योजना संञ्चालन गर्ने, तानसेनलाई पर्यटकिय गन्तव्यको स्थल बनाउन जोड दिईने, तानसेन नगरपालीका वडा नं. १२ मा निर्माणाधिन ल्यान्डफल्ड साईट प्रभावित वासीन्दाको लागि विशेष प्राथमिकतामा बजेट विनियोजन गरिएको उनले बताए । यस्तै वालवालीका, दलित, जनजाती, पिछडा वर्ग, महिला, अपाङ्ग, सम्मिलित परियोजना कार्यान्वयनमा जोड दिइएको छ भने रोजगारी सिर्जनामा जोड दिदै आयोजना सञ्चालन गर्दा उपभोक्ता समिति एवं टोलविकास संस्थालाई प्राथमिकता दिइने छ । सुशासन, पारदर्शिता, जवाफ देहिता वृद्धि गर्न सार्वजनिक परिक्षण, सुनुवाई र रेडियो कार्यक्रम सञ्चालन गर्ने पनि कार्यक्रममा उल्लेख गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्यायधिष हरिषचन्द्र ढुङ्गाना, विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनाली, स्थानीय विकास अधिकार दीर्घबहादुर पोख्रेल, नेपाली काँग्रेसका विधान श्रेष्ठ, नेकपा एमाले पाल्पाका अध्यक्ष राधाकृष्ण कँडेल, नेकपा–माओवादीका प्रेमसागर शाही, राष्ट्रिय जनमोर्चाका सचिव विशाल दर्लामी, राष्ट्रिय प्रजातन्त्र पार्टीका रेवन्तवहादुर विष्ट, पूर्व नगर प्रमुख अशोक शाही, पूर्व सांसद कूलप्रसाद नेपाल, पूर्वसभाषद नारायणी शर्मा, आदिवासी जनजाती महासंघका अध्यक्ष गमवहादुर थापा, दलित वर्ग उत्थान जिल्ला समन्वय समिति पाल्पाका उपाध्यक्ष खुमवहादुर विक, नगर महिला समन्वय समितिका अध्यक्ष ससी श्रेष्ठ, नेपाल नगरपालीका क्षेत्रिय समतिका कोशलराज घिमिरे, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष राजेशकुमार अर्याल, वरिष्ठ पत्रकार मेघराज शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रममा वोल्दै तानपा १२ समन्वय समितिका विष्णु कार्कीले आफ्नो वडामा निर्माण गरिएको ल्यान्ड फिल्ड साईटमा फोहोर व्यवस्थापन नहुँदा पूरै गाउँमा दर्गन्धित फैलिएको भन्दै गुनासो गरे । नगपालीकाका इन्जिनियर मनोहरलाल शाक्यले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन मधुसुधन घर्तिमगरले गर्नुभएको थियो ।
