थारू विद्यार्थीद्वारा क्याम्पसमा तालाबन्दी यथावत

Read Time:2 Minute, 19 Second

दाङ । थारू विद्यार्थी समाज दाङले महेन्द्र वहुमुखी क्याम्पस घोराहीमा पुस दोश्रो सातादेखि अनिश्चितकालिका लागि गरेको तालाबन्दी कायमै छ । क्याम्पसमा हालै भएको शिक्षक छनोट प्रक्रियामा निष्पक्ष तरिकाबाट नभएर एकलौटी रुपमा पार्टीगत भागबन्डाबाट प्राध्यापक राख्न खोजेको भन्द तालाबन्दी गरिएको हो । थारू विद्यार्थी समाज दाङका सचिव नविन कुमार चौधरीले क्याम्पसमा थारू विद्यार्थीहरुको बाहुल्यता धेरै हुँदाहुँदै  हँदै थारू प्राध्यापक नभएको अवस्थामा  थारू समुदायवाट कुनै पनि हालतमा प्रध्यापक राख्नुपर्ने माग गर्दै तालाबन्दी गरेको बताए । उनले क्याम्पस प्रशासनले उचित कदम नचाले माघी पर्वको सरगर्मीसँगै आन्दोलन अझ सशक्त पारिने बताए ।
यसैबिच थारू बिद्यार्थी समाज दाङले गरेको तालाबन्दीप्रति विभिन्न थारू समुदायका अगुवाहरुले पनि एक्येवद्धता जनाएका छन् । थारू महटावा बरघर भलमन्सा महासंघको केन्द्रिय अध्यक्ष डिल्लीवहादुर चौधरी, थारू कल्याणकारिणी सभा दाङ अध्यक्ष चन्द्र प्रसाद चौधरी, नेपाल लोकतान्त्रिक थारू संघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद चौधरी, थारू वुद्धिजीवि परिषद दाङका सोगतविर चौधरी, प्रजातान्त्रिक थारू संघ दाङका अध्यक्ष लक्ष्मीमान चौधरी, थारू युवा परिषद दाङका अध्यक्ष विरेन्द्र चौधरी, थारू कर्मचारी संघ दाङका अध्यक्ष रामलगन चौधरी, थारू विद्यार्थी समाज दाङका सल्लाहकार भुवन चौधरी लगायतले प्रेस विज्ञप्ति जारी गरी आन्दोलनप्रति समर्थन जनाएका छन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %