पट्खौली निम्न माध्यमिक विद्यालयको अभिभावक भेला सम्पन्न

Read Time:2 Minute, 10 Second

गोविन्द घर्ति देवदह पौष २२ । रुपन्देहीको पट्खौलीमा रहेको पट्खौली निम्न माध्यमिक विद्यालयको अभिभावक भेला सम्पन्न भएको छ । जिल्ला शिक्षा कार्यालय रुपन्देहीका सचिव मोतिराम पौडेको प्रमुख आतिथ्यतामा अभिभावक भेला सम्पन्न भएको हो । २०१६ सालमा स्थापना भएपनि हाल सम्म विद्यालयको नाममा कुनै पनि जग्गा जमिन नभएको र विद्यालय भएको जग्गा व्यक्तिको नाममा रहेको हुदा उक्त जग्गा विद्यालयको मातहतमा ल्याउने निर्णय गरेको छ । करिव ७ कठ्ठा जग्गामा विद्यालय भए पनि सो जग्गा स्थानीय व्यक्ति बैजनाथ चौधरीको नाममा रहेको विद्यालयले जनाएको छ । बैजनाथ चौधरीका छोरा श्याम चौधरीले करिव २० लाख ५० हजार पर्ने सो जग्गा विद्यालयको नाममा नासारी गर्ने र सो विद्यालयको नाम परिवर्तन गरी बैजनाथ धर्मादेवी निम्न माध्यमिक विद्यालय राख्ने अभिभावक भेलाले निर्णय गरेको छ । उक्त जग्गा जिल्ला मालपोत कार्यालयमा गई विद्यालयको नाममा नामसारी गर्ने र जिल्ला शिक्षा कार्यालयमा गई विद्यालयको नाम परिवर्तन गर्न श्रोत केन्द्र व्यवस्थापन समितिका सदस्य निलकण्ठ पौडेलको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । जसको सदस्यहरुमा श्याम प्रसाद चौधरी, रामानन्द यादव, चन्द्र कुमार चौधरी, प्रदिप चौधरी, अनलि कुमार यादव, धिरेन्द्र चौधरी, व्यासमुनी चौधरी, कृष्ण बहादुर चौधरी, राज कुमार चाौधरी र प्रर्शुराम गुप्ता रहनु भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %