खैरेनी चोकबाट धकधई पुग्न जिर्ण बाटोका कारण दोब्बर समय लाग्ने

Read Time:3 Minute, 17 Second

गोविन्द घर्ति

 देवदह, पौष २२, रुपन्देहीको देवदह देखि धकधई सम्म जाने सडक मर्मत संभार नहुदा जोखिमपूर्ण बनेको छ । देवदहको खैरेनी चोकबाट धकधई पुग्न करिव १३ किलोमिटरको दुरी भएपनि जिर्ण बाटोका कारण भनेको समयमा सवारी साधन पुग्न सक्दैनन् । १३ किलो मिटर दुरी पार गर्नलाई झण्डै २ घण्टा लाग्ने केरवानी–२ निवासी कुमार बस्नेतको भनाई रहेको छ । बाटो जोखिमपूर्ण हुदा भनेको काम समयमा गर्न नसकिएको बस्नेतको भनाई रहेको छ । केरवानीको ६ नम्वर चोकदेखि खैरेनी सम्म आउन जोखिमपूर्ण बाटो हुदै आउनु परेको र  समय बर्वाद हुने गरेको उहाको भनाई रहेको छ । २०६१/०६२ सालमा जिल्ला विकास समितिको २० प्रतिशत र स्थानीयवासीको ८० प्रतिशत लगानीमा पिच भएको बाटोको कर जिल्ला विकास समिति रुपन्देहीले उठाउदै आए पनि बाटो मर्मत नहुदा स्थानीयवासीहरु मर्कामा परेको तत्कालिन बाटो निर्माण समितिका अध्यक्ष नमराज पुरीले बताउनु भयो । जिल्ला विकास समितिले यो बाटो हुदै चल्ने सवारी साधनबाट वार्षिक लाखौ रुपैया कर उठाउने गरेपनि जिर्ण भएको बाटो मर्मत गर्न स्थानीयवासीले पटक पटक ताकेता गरेपनि कुनै चासो नदेखाएको अध्यक्ष पुरीको भनाई रहेको छ । जिल्ला विकास समितिले बाटो मर्मतको नाममा दक्षिणबाट गर्दै ल्याउने तर वीचमै ल्याएर छोड्ने गर्दा पुरा बाटो मर्मत हुन नसकेको पुरीको भनाई रहेको छ । त्यसैगरी केरवानी गाविसका पूर्व गाविस अध्यक्ष निलकण्ठ पौडेल भने कर जिल्ला विकास समितिले उठाएर लैजाने तर बाटो मर्मत गर्न थोरै रकम विनियोजन गरेर पन्छिन खोजको आरोप लगाउनु हुन्छ । बाटोबाट उठाउने कर र त्यही बरावरको रकम जिल्ला विकास समितिले थप गरेर बाटो मर्मत गर्नु पर्ने पौडेलको भनाई रहेको छ । आफना छोराछोरीहरुलाई देवदह र अन्यत्र ठाउमा शिक्षा आर्जन गर्न विद्यालय पठाउन कठिन भएको केरवानी–४ का राजु वि.कको भनाई रहेको छ । बाटो मर्मतमा जिल्ला विकास समितिले उचित ध्यान नदिएमा संघर्ष गर्न समेत पछि नपर्ने स्थानीयवासीको भनाई रहेको छ । संघर्ष गर्दा हुने हानी नोक्सानीको जिम्मेवारी जिल्ला विकास समिति रुपन्देहीले लिनु पर्ने उनीहरुको भनाई रहेको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %