गोविन्द घर्ति, देवदह, पौष १९, संघीयता र आई एल ओ १६९ सम्वन्धी एक दिने प्रशिक्षण कार्यक्रम रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रममा बोल्दै संघीयता विद् तथा प्रशिक्षक विदुर प्रकाश कायस्थले संघीयताले राज्य टुक्रिन्छ भन्ने कुरा आदिवासी जनजातिहरुलाई हक र अधिकारबाट बन्चित गराउने खेलमात्र भएका कारण सचेत हुनु पर्ने आग्रह गर्नु भयो । उहाले देश संघीयतामा जाने हो भने सम्पूर्ण जात जाती, भाषा, धर्म र संस्कृतिको संरक्षण गर्न सजह हुनेमा जोड दिनु भयो । प्रशिक्षक कायस्थले जातिय पहिचान र संघीयता विना आदिवासीहरुको हक र अधिकार सुनिश्चित हुन नसक्ने हुदा यसको लागि जातिय पहिचान सहितको संघीयता आवश्यक रहेको बताउनु भयो । आई एल ओ १६९ लाई सरकारले पारित गरेपनि कार्यान्वयन नगर्दा आई एल ओ १६९ ले दिएको अधिकार प्रांप्त गर्न नसकिएको बताउनु भयो । राज्यले आई एल ओ १६९ लाई संविधान सभामा कहिल्यै चर्चामा नल्याएको र चर्चामा नल्याएका कारण कार्यान्वयन नभएको बताउनु भयो । नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीका अध्यक्ष दल बहादुर विरकट्टाको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा जिल्लाका विभिन्न गाविसका मगरहरुको सहभागिता रहेको थियो । संघका जिल्ला उपाध्यक्ष गिता सारुको स्वागत र कमल थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
आई एल ओ १६९ सम्वन्धी प्रशिक्षण कार्यक्रम
Read Time:2 Minute, 13 Second
