प्रधानमन्त्री बाबुराम भट्टराईले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बन्ने अवस्थामा मात्रै राजनीतिक सहमति कायम हुने बताइरहेका बेला नेपाली कांग्रेस र एमाले लगायतका दलहरुले सरकारको नेतृत्व स्वतन्त्र व्यक्तिबाट हुन नसक्ने र त्यसलाई अस्वीकार गर्ने बताएका छन् । माओवादीले कांग्रेसको नेतृत्व अस्वीकार गर्न स्वतन्त्र व्यक्तिको खोजी गरिरहेको एमाले र कांग्रेसले निष्कर्ष निकालेका छ । बुधवार एमाले र कांग्रसको संयुक्त वैठकमा यस्तो निष्कर्ष निकालिको हो ।
नेपाली कांग्रेसले आगामी बैशाख महिनामा निर्वाचन गराउनका लागि सत्ता पक्ष र प्रतिपक्ष सबैलाई सहमतिमा आउन आह्वान गर्ने बताएको छ । यता माओवादी अध्यक्ष प्रचण्डले थाइलैण्ड भ्रमणबाट स्वेदश फिर्ता भए पछि जसको नेतृत्वमा सहमति कायम हुन्छ त्यो सबैले स्वीकार्ने बताएका छन् । सहमति जुटाउन विलम्व भैरहेका बेला राजनीतिक दलहरुबाट फरक– फरक मत आउनु राजनीतिक गतिरोध सल्टाउन बन्दा बल्झाउन साहयक बन्ने देखिन्छ ।
राष्ट्रपति डा. रामबरण यादवले दिएको पाचौ पटकको समय सीमा पनि सकिनै लाग्दा राजनीतिक दलहरु सहमति जुटाउन अझै तातिएका छैनन् । यो अवधिमा पनि सहमति नजुट्ने निश्चित जस्तै भएको छ ।
–राज्यसत्ता नेपाल व्युरो
