नेपालीहरु पहिले देखि नै हङकङमा आइडीका लागि आवेदन दिने र आइडी बनाएर जाने प्रचलन थियो । त्यो सन् १९९४ ज्यादै बढ्न पुग्यो । आइडी बनाएर साथै अतिरिक्त पर्यटक भीसामा पनि थुप्रै नेपाली हङकङ जाने गर्थे । केही समय पछि हङकङ सरकारले नेपालीहरुको आवेदन लिएर आइडी दिने व्यवस्था बन्द गरयो । ल्याण्डेड भीसामा कडाइ भए पछि त्यहाँ नेपालीलाई स्यायी रुपमा गएर बस्न गाह्रो बन्यो । यस्तो कडाइ फुकुवा गर्न मैले त्यहाँको सरकारसंग पनि आग्रह गरे, तर सफल हुन सकिन । अहिले पनि त्यो व्यवस्था हटेको छैन । नेपालीहरुमा पैसा खर्च गर्ने बानी छैन भन्दै उनीहरु आएर के फाइदा भन्ने सोचबाट प्रेरित बनेर हङकङ सरकारले नेपालीलाई निरुत्साहित पार्न यस्तो नीति अवलम्वन गरेकोमा कुनै शंका छैन ।
चार बर्षसम्ममा महाबाणिज्य दूत भएर हङकङमा रहदाँ मेरा लागि धेरै काम चुनौति थियो किन भने त्यहा नेपालीहरु अत्याधिक रुपमा आइडी पाएर प्रवेश गरिरहेका थिए । नेपालीहरुको बाक्लो उपस्थितिले गर्दा अनेक समस्यालाई दूतावासले समाधान गर्नु चुनौति थियो ।
गैरकानुनी रुपमा हङकङमा जाने सकिने अवस्था थिएन त्यस बेला । गैरकानुनी रुपमा हराउने र बस्ने भन्ने हुदैन्थ्यो बरावर चेक भैरहन्थ्यो । नेपाली समुदाय एकै पटक ठूलो हुन पुग्यो त्यहाँ । आइडी होल्ड मध्य धेरैले कागजी विवाह गरेर अरुलाई पनि हङकङ तान्ने काम गरे । राम्रो कमाइँ, सुरक्षा, श्रम शोषणमुक्त, कानुनको शासन साथै विकास अनि स्वतन्त्रता जस्ता कुरा हङकङमा सबैका लागि आकर्षणको केन्द्र पनि हो l त्यसकारण गैरकानुनी कार्य गरेर भए पनि हङकङ जान मानिसहरु मरिहते गर्दछन् । आइडी किन्ने कुरा सामान्य नै हुन्थ्यो त्यस बेला । त्यस समयमा २० हजार जति नेपाली हङकङको आइडी होल्डर थिए । अहिले हङकङमा हजारौ नेपाली बसिरहेका छन् ।
धेरै जसो नेपालीहरु लेवर काममा संलग्न रहेको पाइयो । केही चीनमा पढेर आएका नेपाली विद्यार्थीहरु उच्च तहमा पुगेका छन् । हङकङको सुरक्षा कम्पनीमा पनि व्रिटिस गोर्खा सैनिकबाट रिटायर्ड भएका व्यक्तिहरु गरिरहेका छन् । हवाइट कलर जबमा भने नेपालीहरु निकै कम छन् ।
नेपालीहरु हङकङमा आएर राजनीतिमा रुचि बढी नै देखाएका थिए । नेपाली समुदायको साझा हितका लागि सामाजिक संस्था भन्दा जातीय र पार्टीगत भातृ संगठन ज्यादा खुले अनि राजनीति गर्न सुरु गरे । त्यस्ता संगठनले खास केही काम गरेको पाइएन । कतिले त एकै पटक कार्यक्रम राख्ने र दूतावासका प्रतिनिधिलाई डाक्ने अनि नआएमा अनेक समस्यामा पार्ने काम गरिरहे । सामाजिक संस्था राजनीति भन्दा सामुदायिक हितका लागि अग्रसर हुनु पर्दछ । राजनीतिक स्वार्थबाट भन्दा समुदायको साझा स्वार्थबाट प्रेरित बन्नु पर्दछ ।
दुतावासका कर्मचारी र त्यहाँका नेपाली बीच आपसमा सुमधुर सम्बन्ध कायम थियो । विभिन्न सामाजिक संघसस्थाहरुसंग राम्रै सम्बन्ध कायम थियो । मानिसहरु निकै व्यस्त रहने कारण एक आपसमा समस्या र पीडा बाढ्ने अनि समाधान खोज्ने मौका थोरैले मात्रै पाउँदा रहेछन् त्यहाँ ।
हङकङका स्थानिय र नेपाली बीच देखिने गरि त्यस्तो विभेद हङकङ सरकारले गरेको छैन । गरीब मुलुकबाट गएको र तल्लो स्तरको काम गर्ने नेपाली माथि त्यहाका धनी मानिसहरुले हेम्पने प्रवृति भने छ नै । हङकङका स्थानियहरुसंग नेपालीहरुको निकै कम घुलमिल छ । सेवा सुविधा लिनका लागि नेपालीहरु पनि अहिले सचेत बन्दै गएका छन् यो राम्रो कुरा पनि हो ।
(कुराकानीमा आधारित)
–राज्यसत्ता नेपाल व्युरो
नेपालीको साझा हित गर्ने संस्थाको खाँचो छ हङकङमा : जैनेन्द्र जीबन पूर्व महावाणिज्य दूत
Read Time:5 Minute, 4 Second