‘वाद’ यस्ले सिर्जना गरेको बाटो र समाधान

Read Time:24 Minute, 9 Second

तिलक राम लोध

एक जातिले अर्को जातिमाथि गरिने शासन नै वाद हो । कही न कहीबाट उक्त जातिको भाषा, रीतिरिवाज, भेषभुषा, पुजाआजा आदिमा एक मात्र जातिको प्रयोग र उपस्थिति हुनै पर्नु पनि वाद कै एक अंग हो । ब्राम्हण, क्षेत्री, मगर, मधेशी, थारु, दलित र मुसलमान आदि विभिन्न जातजातिहरुले एकअर्का माथि गरिने भेदभाव र जबरजस्ती पनि वादकै अर्को एउटा अंश हो । यी जातजातिले आफ्नै जातिमाथि गरिने अन्याय अत्याचार, पक्षपात, हिंसा र कु–शासन पनि वादकै पक्ष हो । जहाँ त्यही जातको व्यक्ति आफ्नै जातिको वादको सिकार हुन्छ । जनसंख्याको आधारमा वढी जनसंख्या भएकाहरुले अल्पसंख्या भएकाहरुको राम्रो विचारको कदर नगर्नु, आफ्नै शर्तहरुमा मात्र पेलेर हिडाउनु, उचित र सामान व्यवहार नगर्नु र कसरी हुन्छ छुट्टयाएरै थिचोमिचोमा पार्नु आदि पनि त वाद कै उदाहरणहरु हुन् । वादलाई विभिन्न कोणबाट व्याख्या गर्न सकिन्छ । वादको वास्तविक अर्थ बारे स्पष्ट हुनुपर्ने शानदर्विकतालाई त्यागेर अगाडी बढ्न सकिदैन् ।

वर्तमान अवस्थामा ‘ब्राह्मण–क्षेत्री वाद’ निकै चर्चामा आइरहेको छ । कुनै पनि जाति माथि विनाकारण विना प्रमाण ‘वाद’को विला भिराउन उचित हुँदैन । तर प्रमाण दिन सकियो भने ब्राह्मण मात्र होइन कुनै पनि जातजाति माथि ‘वाद’को विल्ला लगाउन सकिन्छ । ब्राह्मण–क्षेत्री वाद को विल्ला कतै देशका अधिकांश उच्च पदस्त स्थानहरुमा वहाँहरुकै मात्र बर्चस्व भएर त लागेको होइन ? आजसम्मको अवस्थामा प्रधानमन्त्रीहरु, मन्त्रीहरु, प्रमुख आयुक्तहरु, मुख्य सचिव र सचिवहरु, विभिन्न आयोगका प्रमुखहरु, सरकारी कर्मचारीहरु, सीडिओ, एसपी, एसएसपीहरु, हाकिमहरु आदि देशका विभिन्न उच्चकोटीका पदहरुमा ब्राह्मण–क्षेत्रीकै बाहुल्यता छ । वहाँहरुको ‘खुवी’ भएर पो त्यो ठाउँमा पुग्नु भएको हो । यो भनाई बलियो तर्क भएर अगाडी आउन सक्छ । तर के देशमा दुई तिहाई जनसंख्या रहेका जनजाति, मधेशी, थारु, दलित, मुस्लिम आदिका जातजाति मध्य कोही कसैसँग ‘त्यो खुवी’ नभएरै हो त त्यो पदमा पुग्न नसकेको ? प्रश्न गम्भीर छ । यी जातजातिलाई त्यो पदमा पुग्न खूवीले मात्रै छेकेको हो त ? यहाँनेर कतै ‘वाद’ को बास्ना आउँछ कि ? विचार गर्नुस् त । राणाहरुको जहानीय शासनलाई अन्त्य गर्नको लागि सर्वप्रथम सहिद लखन थापाले विगुल फुकेका हुन् । सर्वत्र प्रमाणसहित पुष्टि भैसकेको छ कि उनै लखन थापा नै प्रथम सहिद हुन् भनेर तर खोइ अहिलेसम्म उनलाई ‘प्रथम सहिद’ भनेर घोषणा गरेको ? आफ्ना दलहरुका यस्ता व्यक्तिहरु चाहे जेलमा या बाटोमा मरुन् तुरुन्त शहीद घोषणा गर्न तत्पर हुने वादहरुले त्यही दलकै जनजाति, मधेशी, थारु, दलित र मुसलमान लगायतका जातिहरु शाहदत हुँदा किन मुख खोल्दैनन् ? अनि सदियौंदेखि लखन थापा प्रथम शहीद हुन् घा्षणा गर भनेर दबाब दिनुपर्ने तैपनि तत्परता नदेखाउने ? आखिर के ले रोक्यो त उनलाई प्रथम शहीद घोषणा गर्न ? थापाको ठाउँमा कुनै ‘वाद’ भएको भए सायद प्रथम शहीदको घोषणा भैसक्ने थियो । आखिर किन हुन्छ यस्तो अन्याय ? वादले होइन होला त सोच्नुस् त । हामीले इतिहास हेर्दा राम्रो बोलनेको जिब्रो काटिन्थ्यो, कलाकौशल भएकाहरुको हात काटिन्थ्यो, बहुमुखी प्रतिभाहरुलाई जेलमा राखिन्थ्यो र विभिन्न मानसिक दुःख कष्ट दिई अपाङ्ग आदि बनाइएको देखिन्छ । तर त्यही इतिहासका पानामा त्यस्ता व्यक्तिहरुको नाम खोज्दा केवल जनजाति, मधेशी, थारु लगायतका नाम मात्र भेटिन्छ । किन ? के त्यस्ता प्रतिभाहरु भएका वादहरु थिएनन् र त्यतिखेर ? किन वादहरु बाहेकका जातिहरु मात्र परे त? कतै वादले त होइन ? मैले मुलुकी ऐन पढ्दा एउटा महत्वपूर्ण विषय भेटे । जहाँ एउटै केशमा गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्द ठाकुर सँगसँगै टंकप्रसाद आचार्य पनि समातिएका थिए । त्यतिखेर श्रेष्ठ, माथेमा, शास्त्री र ठाकुरलाई फाँसी र गोली ठोकेर हत्या गरियो । तर आचार्य चाही ब्राह्मण हुन्, उनलाई मास्यो भने पाप लाग्छ, ब्राह्मणलाई मार्नु हुँदैन भनेर माफी दिइएको उल्लेख छ ।

के आचार्यको रगत रातो थियो भने शहीद जनजाति र मधेशीहरुको रगत निलो थियो ? आखिर पाप शब्द कहाँदेखि आयो ? रगत सबैको रातो हुन्छ । केश एउटै हुँदा हुँदै किन यस्तो भेदभाव गरियो ? के कारणले तीन जनजाति र एक मधेशी शहीद चारजना शहीद भए र एकजना ब्राह्मणले आम माफी पाए ? यसको उत्तर खोज्नुस् त † कतै वादले त होइन नि ? तपाई हामीलाई थाहा छ । नेपालका ठाउँ–ठाउँमा संस्कृत विश्वविद्यालयहरु खुलेका छन् । सरकारको उच्च लगानीबाट खोलिएका ती विश्वविद्यालयहरुमा ब्राह्मणहरुको उच्च जाति मात्र पढ्न पाउँछन् तर अरु जातिले पाउँदैनन् । संस्कृत पढे वापत उल्टै सरकारबाट खर्चहरु पाउँछन् । अरुले भने खर्च तिरेर पढ्नुपर्छ । कस्तो विभेद ? आत्मालाई साक्षी राखेर भन्नुहोस् के यो उद्वारवाद हो या ब्राह्मणवाद ? यदि ‘वाद’ होइन भने मधेशीको लागि मातृभाषामै पढाईै हुने र मधेशी मात्र पढ्न पाउने विश्वविद्यालय खोइ ? मगर भाषामा पढाइने मगरहरुको लागि मात्र खोलिएको विश्वविद्यालय खोइ ? विगतमा मैले पनि कक्षा ८ सम्म संस्कृत विषय (५० पूर्णाङ्क) को पढेको थिए । बिस्तारै यी जातिहरु सचेत हुँदा नहुँदै आधारभूत तहबाट उक्त विषय एकाएक हटाइयो । किन एक्कासी हटाइयो ? के यही हो समावेशीता ? यहाँनेर पनि कतै वाद कै गन्ध आउँछ कि ? मधेशमा वास्तविक नेपाली मधेशीहरु लाखेो लाखको संख्यामा अझै पनि नागरिकताबाट बञ्चित छन् । सबैभन्दा महत्वपूर्ण कागजी हतियार नभएपछि कति गाह्रो हुन्छ भन्ने कुरा सर्वविदितै छ । नागरिकता पाएँ पछि यो समुदाय टाठाँबाँठा हुनेछन्, अधिकार खोज्ने छन्, अन्ततः हामीभन्दा पनि चलाख हुनेछन् भन्ने डरले अझैपनि गुम्राहमा राखिरहने सोच विद्यमान छ । केही पार्टीहरु र तिनका सोचमा उदारता र परिवर्तन नआएकै कारण उनीहरु जनताबाट टाढा हुने क्रम बढ्दै जाँदा अझपनि विभिन्न जातजातिहरुको वास्तविक अधिकारतिर उन्मुख नहुनुको कारण के हो ? संविधानसभा निर्वाचन अघि प्रत्येक गा.वि.स.मा नागरिकता टोली आयो । यिनै राजनीतिक दलका प्रतिनिध, वादकै हाकिम र अन्य कर्मचारीहरुकै मिलोमतोमा नागरिकताहरु वितरण गरियो । उनीहरुले नै पैसाको खेती गरेर वास्तविक नेपाली मधेशीहरुलाई पन्छ्याएर भारतीयहरुलाई समेत नागरिकता दिए । के यसमा मधेशी जनताको गल्ती छ ? गल्ती त उनीहरुकै छ जसले नागरिकता बाँडे होइन र ? अनि टोलीमा बनाइएका सम्पूर्ण नागरिकता खारेज गर्नुपर्छ भनेर भन्ने यो के हो ? उक्त समुदायलाई दवाइएको मानिदैन ? कुनै पनि नेपालीलाई नागरिकताबाट बञ्चित गराउन मिल्दैन ।ऐन, कानुन वा संविधान संशोधन गरेरै भएपनि उनीहरुलाई नागरिकता दिनुपर्छ । आफ्नो स्वार्थ र भत्ताको लागि पटक–पटक संधिवान संशोधन गर्न हुने तर नागरिकताको विषयमा नियम, कानुन या संविधान संशोधन गर्न नमिल्ने ? किन ? यो पनि कतै वादले त छेकेको छैन ? वादहरु वाहेकका जातजातिहरु या समुदायका कोही व्यक्ति सर्वाेकृष्ट नतिजाको प्रमाण पत्र र अनुभव सहित कुनै जागिर÷नोकरीको लागि प्रतिस्पर्धा गर्न जाऔं । प्रतिस्पर्धा गरौं । त्यहाँ पनि उत्कृष्ट हुँदाहुँदै अन्तमा रिजल्ट आउँदा तपाईको नाम वैकल्पिक उमेदवारमा हुन्छ । सफल उम्मेदवार त ‘वाद’ नै हुन्छ । होइन ? विभिन्न पार्टीहरु भित्र पनि बादकै बाहुल्यता छ कि छैन ? स्वीकार्नु हुन्छ यो कुरा ? एकजना मेरो साथीले कति पहल र आशवासनबाट एउटा अस्थायी कर्मचारी बन्ने आशमा एक कोटा ल्याउनुभयो । तर राख्ने बेला त्यही पार्टी भित्रका वादले अन्ततः उनले ल्याएको त्यो कोटा उनीबाट खोसेर वादलाई नै दिइयो । उनले त्यो घटना सुनाउँदै मेरो सामु आँशु नै झारेका थिए । मलाई आज पनि त्यो घटना ताजै लाग्छ । तसर्थ खोइ त क्षमताको मुल्याङ्कन ? यस्तै हुन्छ खूवी र क्षमताको मूल्याङ्कन गर्ने तरिका ? यो पनि वादको प्राकाष्ठा हो कि होइन ? ब्राह्मण–क्षेत्री, दसनामीलगायत जातीय समुदायहरुको दुई दिने नेपाल बन्द ताजै छ । आ–आफ्नो अधिकारको लागि त्यो हुनु स्वभाविक हो । तर त्यस बन्दमा जनजाति लगायत जातिहरुलाई तारो बनाइयो, गाली गलौच र कुटपीट समेत गरियो ।

अझ सदियौं देखि अन्य जातिमा रमाउने यी जातिहरुले हामीलाई यो सूचीबाट हटाउनु पर्छ । अरु जातिलाई दिने आरक्षण कोटा पनि कटौती गर्नुपर्छ, संघीयता चहिदैन, देश टुक्रयाउन पाइदैन भन्ने जस्तो अन्तरिम संविधान विपरित धावा बोल्दा केही समाचार माध्यम मिडिया र केही पार्टीहरु खुशी भएका थिए । उनीहरुको बन्द समाचार प्रसारण गर्दा जातीय सद्भावका लागि भनेर श्रंगारित भाषामा कति मिठो तरिकाले गरिएको पाइयो । तर जातीय स्वायत्ता र अग्राधिकारको माग राख्दै लामो समय सम्म तराई बन्द हुँदा भने बल्ल–बल्ल समाचारका शिर्षक बन्ने ? बनेपनि विभिन्न अपशब्द र अपव्याख्या गरिएको समाचार बन्ने किन ? यी जातिहरुले पनि आफ्नो अधिकार नै त मागेका हुन् । थारुका अधिकार कटौती गर्नुपर्छ भनेर त भनेका छैनन् नि । किन यस्तो विभेदपूर्ण व्यवहार गरिन्छ ? माग दुबैका हुन् । किन सामान र त्यही उचाइबाट समाचार बनाइदैन ? कतै यो पनि वादकै उपज त होइन ? विगतदेखि नै राज्य पुनःसंरचना अर्थात संघीयताको वहसलाई जातीय सद्भाव विगार्ने र गलत ढंगबाट मात्र केही लेखकहरुले, व्यक्तिहरुले प्रचार र व्याख्या गर्दै आए । यो चलाकीलाई हामीले बुझ्न सकेनौं । जातीय अग्राधिकार दिने बित्तिकै देश टुक्रिन्छ, जातीय सद्भाव बिग्रिन्छ भनेर एकतर्फी गलत बहस र प्रचार मात्र गराइयो । यसको सकारात्मक पक्ष र फाइदाको बारेमा न्युन बहस मात्र भए । वादहरुको उद्देश्य यहाँ पनि सफल भएकै हो । देश र विदेशका अनगिन्ति उदाहरणहरु दिने वादहरुले के भारतमा विहारीको विहार राज्य, पंजावीहरुको पंजाव राज्य, महाराष्ट्रीहरुको महाराष्ट्र राज्य, सिक्किमेलीहरुको सिक्किम राज्यहरुको उदाहरण दिन बिर्सेका हुन् त ? भारतमा यसरी जातीय अग्राधिकार र स्वायत्ताको राज्य दिँदा के जातीय सद्भाव बिग्रेको छ ? देश टुक्रेको छ ? “यसरी राज्य बनाउँदा निश्चित जनसंख्या पुगेको खण्डमा मात्र जातीय राज्य बनाउन सकिने भन्ने प्रावधान राखेर अगाडी बढ्न सकिन्छ ।” जातीइ राज्य बनाउँदा बरु त्यो ठाउँको मुख्यमन्त्री जनसंख्याको आधारमा त्यही जातिको मानिस बन्ने भयो ।

मगराँतबाट मगर, लिम्बुवानबाट लिम्बु, अवधराज्यबाट अवधी, थारुवानबाट थारु आदि जातबाट मुख्यमन्त्रीहरु बन्ने भए । नभए यस्तो किसिमको व्यवस्था गर्न सकिन्छ । यसले गर्दा सबै जातजातिहरु समानुपातिक तरिकाले मुख्यमन्त्री बन्ने भए । त्यो राज्य भित्रका अन्य जातजातिको विशेष अधिकार हुनुपर्ने सहितको व्यवस्था हुने भयो । फेरी कुन जाति थिचोमिचोमा पर्यो त ? सबै जातजातिहरुको विशेषाधिकार सहितको जातीय राज्य गराएर देश र जनता अझ उचाइमा पुग्नेछन् । सबै जातजाति अझ सचेत र अधिकार पाउने छन् त्यसैकारण केही दलहरुको उक्साहटमा अखण्ड राज्य हुनुपर्ने सहतिको मागहरु र आन्दोलनहरु उठेका हुन् । किनभने जातीय अग्राधिकार सहितको जातीय राज्य बनाइएन भने फेरी अखण्ड राज्यको नामबाट विभिन्न राज्यहरुबाट क्षमता र खूवी वकालत गर्दै पुनः वादहरु नै मुख्यमन्त्री बन्ने संभावना जिवितै रहने भए नि त † यस्तो सावधानी, चलाखीपूर्ण र कपटपूर्ण तरिकाबाट यी वादहरुले जातीय राज्य हुनु हुन्न । यस्तो भयो भने देश टुक्रिन्छ, जाती सद्भाव बिग्रिन्छ भनेर दोष अर्कामाथि थोपरेर आफै जातीय द्वन्द्व निम्त्याउन अगाडी बढेका छन् । होइन भने राज्य पुनः संरचना आयोगले बहुमतबाट र अल्पमतबाट ल्याएको खाका किन संविधान सभामा पठाउन सकेनन् ? ११ प्रदेशको खाका ल्याएर कपटपूर्ण काम गरको छ कि छनै ? मन र मस्तिक मै वाद रहेको हुनाले यस्ता सहमति र सम्झौता भएका हुन् । के यो पनि वाद भ्रम होयन ? विगतमा झुठो आशवासन, चिल्लो र मिठो बोलीबाट वादभ्रम लादिरहेका वादहरुले आज सावधानी र चलाकीपूर्ण तरिकाबाट पुनः वाद नै जीवित गराइरहनु होयन ? वाइसौं शताब्दीको वर्तमान अवस्थामा पनि यस्ता जातजाति माथि शासन गर्नु, थिचोमिचोमा पार्नु, जातीय उत्थान हुन नदिनु, भ्रममा पारिरहनु, आफ्नो दास बनाइरहनु अनि पुनः वादहरु नै यिनीहरुको बुइ चढिरहनु मात्र एक लक्ष्य हो ।

वास्तवमा उल्लेख गर्न असाध्य यी प्रमाणहरुले गर्दा नै ब्राह्मण–क्षेत्रीवाद अरु जातिवादहरुको प्रतिस्पर्धामा अग्रस्थानमा छ । यही बाद कै कारणले आज ब्राह्मण–क्षेत्री बाहेकका जातिहरु आफ्नो दासत्व स्वीकार गर्न चाहदैनन् । यिनीहरुकै कारणबाट सदियौं देखि थिचोमिचो, अन्याय–अत्याचार, विभेद, उत्पीडनमा परेका जातिहरुले सबै सिमा तोडेर आ–आफ्नो अधिकार सुःनिश्चित गर्न अगाडी बढेका हुन् । केही क्षेत्रीय पार्टी र कम्युनिष्ट पार्टीहरु सबै जातजातिहरुको समानुपातिक अधिकारप्रति केही उदार र निःस्वार्थपूर्ण तरिकाले लागेका छन् । तर यही कारणले मात्र यी पार्टीहरुले जातिहरुलाई बोके, विभिन्न जातजातिहरुलाई उचाले भनेर आरोप लगाउनु निराधार हुनेछ । किनभने विभिन्न वादको नराम्रो सिकार भएका जनजाति, मधेशी, थारु, दलित, मुसलमान र अन्य पीडित जातिहरु वादकै जालो चिर्न विभिन्न दलहरुमाआवद्ध भए पनि दलहरुको ह्वीप नमान्ने अवस्थामा पुगेका छन् । दलहरुको नियन्त्रणमा छैनन् । वादलाई चिर्नकै लागि वृहत मोर्चा बन्ने लगायतका क्रियाकलपाहरु भइरहेका छन् । कुनै पनि पार्टीले उचालेको वा आशवासन दिएको होइन । यो त वादले सिर्जना गरेको बाटो ।

दश वर्षै जनयुद्ध, जनआन्दोलन–२ र केही क्षेत्रीय पार्टीहरुको स्पष्ट विचारले नै सबै जनताहरुले मुख खोलेर होइन छाती खोलेर आ–आफ्नो अधिकार माग्न र खोस्न समेत सचेत बनेको कुरा सत्य हो । संविधान सभा वा यसपछि पनि अधिकार मागका कुराहरु रोकिने छैनन् । यसका लागि वादहरको चिल्लो बोलीमा लठ्ठ नपरीकन उनीहरुको चलाकीपूर्ण कार्य शैलीबाट सचेत हुनुपर्ने आवश्यकता छ । विभिन्न पार्टीहरु आ–आफ्नो ठाउँमा छन् । तर आफ्नो अधिकारका लागि सबै पार्टीका सभासदहरु वृहत मोर्चा बनाएर अगाडी बढ्न सक्छन भने हामी नेपाली जातिहरु किन एक ठाउँमा आउन सक्दैनौं ? संचार माध्यम र पत्रपत्रिकामा किन लेखहरु लेख्दैनौं ? यतातिर आजभन्दा भविष्यमा अझ सचेत हुनुपर्नै आवश्यकता छ । हामीलाई फुटाउने अनि त्यही फुटमा रमाउने वादहरुलाई निस्तेज पार्न हामी अगाडी बढ्ने कि अझै पनि पार्टीहरुको पुच्छर बनिरहेन ? स्मरण रहोस् अझै पनि हामी आ–आफ्नो ठाउँबाट आफ्नो अधिकारको लागि एकै ठाउँमा आएर अगाडी बढ्न सकेनौ भने उसको दासत्व स्वीकार गर्नु सिवाय अरु केही हुँदैन । लाचारीपन, निरिह र विवश हुनु पुनः थिचोमिचो, अन्याय–अत्याचार र विभेदमै रमाउनु भनेको ‘जनिर’ नै मरेको सम्झिनेछ । त्यसैले यस्ता वाद भ्रममा नफँसेर अरुका लागि मात्र लडेका हामी अब एकपटक आफ्नै लागि लडेर आफ्नो अधिकार सुनिश्चित पार्ने बेला आएकै हो । पहिचान र सामथ्र्य सहित स्वायत्ता र जातीय राज्य विरुद्ध षड्यन्त्र भए कुनै किसिमको सहमति र सम्झौता मान्य हुने छैन । अब बन्ने संविधानमा जातीय राज्य सहितको संघीयता घोषणा गराएरै छाड्नु पर्छ । यसका लागि कुनै किसिमका जाल झेल र भ्रममा पर्नु हुँदैन ।

ब्राह्मण–क्षेत्रीवाद अरुवादहरुभन्दा अग्रस्थानमा रहेको हुनाले मैले यसको थोरै व्याख्या गरेपनि सबै ब्राह्मण–क्षेत्री भित्र वाद नै हुन्छ भन्ने होइन । जनजाति, मधेशी, थारु, मुसलमान आदिमा पनि वाद मौलाउँदै गएको छ । यस्ता वादहरु जुन जातमा मौलाएपछि घातक नै हो । जहाँ जुन जातको बाहुल्यता छ त्यहाँ वाद अझ फस्टाएको देखिन्छ । के यो सही हो ? यो पूर्ण गलत हो । सबै सब जातजातिले ब्राह्मण–क्षेत्री वादलाई दोष दिएर आफुहरु भने वाद तिरै उन्मुख हुनु भनेको त झन गलत हो । कुनै पनि जातजाति मित्र कुनै किसिमको वाद हुनु हुँदैन । यसको लागि निःस्वार्थ भावनाले सरल, शान्त र ज्ञानरुपी बुद्धत्व प्राप्त गर्नेपर्छ । सर्वप्रथम जरा गाडेको वादलाई उन्मुलन गराएर सबै नेपाली जस्तै मैले चाहेको सुन्दर, शान्त नेपाल बनोस् ? सबै नेपालीहरुको हक अधिकार संवोधन गरेर आपसी भाइचारा कायम गरी समुनन्त नेपाल बनाइयो । “सबै नेपाली भाई–भाई” भन्ने नारा सहित सम्पूर्ण नेपाली समाज नै ‘वाद’बाट मुक्त रहोस् । मेरो यही कामना l

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %