झापामा दुइ दिने बृहत मगर सम्मेलन हुँदै

Read Time:1 Minute, 43 Second

देब पचभैया, पाल्पा, पौष १८ भूटान, भारत र नेपालका मगरहरुको बृहत दुइ दिने सम्मेलन हुने भएको छ ।  भूटान मगर संघका अध्यक्ष भीमबहादुर लाह्यो मगरको अगुवाइमा आगामी पुस २९ र माघ १ गते  (जनवरी १३ र १४ तारिख) झापाको बेलडांगीमा सम्मेलन हुने जनाईएको छ । सम्मेलनको मुख्य अतिथि अर्थमन्त्री वर्र्षमान पुनमगर रहनुहुनेछ । यस्तै सम्मेलनका अवसरमा मगरका रत्न समेत भनिएका एम. एस. थापा मगरको सार्वजनिक अभिनन्दन गर्ने कार्यक्रम समेत तय भएको छ ।
सम्मेलनमा पूर्वमन्त्री गोरे बहादुर खपांगीमगर ,प्राध्यापक केशर जंग बरालमगर , नेपाल मगर विद्यार्थी संघकी अध्यक्ष रेणुका काउछामगर लगायतका नेताहरुको सहभागीता रहनेछ । यो बाहेक अन्य विभिन्न मगर नेता तथा बुद्धिजिवीहरुको पनि सम्मेलनमा सहभागिता रहने बताईएको छ । सम्मेलनमा बुद्धिजिवीहरुले खोजपत्र प्रस्तुत गर्ने, जन्मसिद्ध कर्मकाण्डको बारेमा छलफल गरिनुका साथै विभिन्न देशमा प्रादेशिक मगर संघ भएकोमा अन्तराष्ट्रिय रुपमा मगरहरुको छाता संगठन विस्तार गर्ने लगायतका विषयमा छलफल गरिने भूटान मगर संघका अध्यक्ष भिमबहादुर लाह्यो मगरले राज्यसत्ता डटकम लाई जानकारी दिनुभएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %