सुनसरीको आयोजना तथा नगर कार्य समिति धरानको संयोजनमा सुनसरीको धरान–१६ स्थित जोरसखुवामा यस वर्षको महान किरात याक्खा चाड चासुवा–२०६९ भव्यताका साथ सम्पन्न भयो । सुनसरीभरिका याक्खा परिवारबीच भेटघाट तथा पिकनिक कार्यक्रमको रुपमा रहने गरेको चासुवा चाडमा सुनसरीका पा“च सयभन्दा बढीको सहभागिता रहेको थियो । प्रकृति र पितृ–मातृको स्मरण गर्दै उहा“हरुकै आसिरवादले अन्नबाली सप्रिएको, हावापानी सुरम्य भएको र रोगव्याध नलागी कृषि उत्पादन गर्न सकेको विश्वास गर्दै नया“ अन्नबालीहरु सर्वप्रथम प्रकृति र पितृ–मातृलाई नै चढाई ग्रहण गर्ने र धन्यवाद दिने दिनको रुपमा चासुवा पूजालाई लिइन्छ । यसैक्रममा चासुवा कार्यक्रमअन्तर्गत चासुवा चाडमा विभिन्न याक्खा देवीदेवताहरुको पूजा गर्नुका साथै याक्खाहरुको धनकी देवी ‘साङदाङराङमा’ (डोकेनी) को आराधनासमेत गरिएको थियो । याक्खा समुदायमा परम्परागत रुपमा आयोजना गरिदै आएको ‘पिसिक आप्मा’ (धनु–तीरबाट निशानेबाजी) र केइलाक (ढोलनाच) को आयोजना पनि गरिएको थियो । प्रत्येक वर्ष प्रथम हुनेलाई याक्खाहाङ (याक्खाप्रमख) घोषणा गर्ने चलनअनुसार यस वर्को ‘पिसिक आप्मा याक्खाहाङ’ धरान–१६ का उत्तम एलावा याक्खा घोषित भए । चासुवाको कार्यक्रमकै क्रममा केन्द्रीय उपाध्यक्ष लहरुमाया जिमीको प्रमुख आतिथ्यमा किरात याक्खा छुम्मा, सुनसरीको तेस्रो अधिवेशन पनि सम्पन्न भयो । अधिवेशनबाट जनक एलावाको अध्यक्षतामा सर्वसम्मत रुपमा २१ सदस्यीय जिल्ला कार्य समिति गठन गरियो । समितिको उपाध्यक्ष मनोज थायुम, सचिव अनुप लामिछोङ देवान, सहसचिव कमला सुब्बा याक्खा, कोसाअध्यक्ष मानबहादुर सुखिम सर्वसम्मत रुपले चयन हुनुभयो । त्यस्तै, सदस्यहरुमा समुन्द्र राई याक्खा, सेतु एलावा, कृष्णमाया याक्खा (पा“चकन्या), आइतीमाया, दिप्ता लिम्बू देवान, दिपक लिम्बुखिम (भरौल), तिलक एलावा, हेम देवान, सोमा लिम्बुखिम, जयकुमारी तुम्याङ, युव योक्तेनहाङ, नुमा याक्खा चयन भए भने इटहरी, तरहरा महेन्द्रनगरका लागि एक एक जना पछि परिपूर्ति गरिने नवनिर्वाचित अध्यक्ष जनक एलावाले जनाए
धरानमा किरात याक्खा छुम्मा गठन
Read Time:3 Minute, 8 Second
