हिमाल थापा सम्मानित

Read Time:1 Minute, 17 Second

 बुटवल , नेपाल मगर युवा संघ वडां नं.९ इकाई समितिको आयोजनामा एक कार्यक्रमको बीच हिमाल थापालाई मंगलबार अम्मर भवनमा सम्मान गरिएको छ । नेपाल मगर संघका जिल्ला अध्यक्ष दल बहादुर विरकट्ठाको प्रमुख अतिथ्य तथा मगर युवा संघ इकाइ समितिका अध्यक्ष नारायण गाहाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लुम्बिनी एक्पो २०६९ अन्तराष्ट्रिय व्यापार मेला तथा रुपन्देही व्यापार संघ द्धारा आयोजित न्यू होल्याण्ड डान्स आइडल प्रतियोगितामा तृतीय हिमाल थापालाई युवा संघले सम्मान गरेको थियो । उक्त कार्यक्रममा  तृतीय स्थान हुन सफल भएका हिमालले आफू सो उपाधि चुम्न पाउदा धेरै खुशी भएको बताए । आगामी दिनहरुमा पनि नित्या तथा कला क्षेत्रमा प्रगति गर्दै जाने उनले बताए । सो कार्यक्रम, दया सागर थापाको संचालनमा  सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %