विवाद यसरी टुंग्यो

Read Time:2 Minute, 1 Second

 बुटवल, लुम्बिनी एक्स्पो अन्तर्राष्ट्रिय मेलाको अवसरमा सञ्चालित प्रदर्शनी आईडल २०६९ को विवाद सुल्झिएको छ । रेड सिंग्नल पाईसकेकी सुमी थापा प्रथम घोषणा भएपछि दोश्रो भएकी अनु गुरुङ्गका समर्थकहरुले असन्तुष्टि प्रकट गरी पुनः मत गणना गर्नु पर्ने माग राखे पछि विवाद भएको थियो । दोश्रो भएकी अनु गुरुङ्गका समर्थकहरुले घोषणा गरिएको नतिजाप्रति असन्तुष्ट जाहेर गर्दै मेला सचिवालयमा पुनः मत गणनाको माग राख्दै निवेदन समेत दर्ता गरेका थिए । तर मेलाका सांस्कृतिक संयोजक छविलाल शर्मा, राष्ट्रिय नृत्य निर्देशक महेश गोदार, स्थानीय नृत्य निर्देशकहरु लोकेन्द्र शाही, नारायण थापा, मनोज श्रेष्ठ, यम पुन र अनु गुरुङ्गका समर्थकहरु बीच छलफल पछि विवाद टुंगीएको थियो । अनु गुरुङ्गका समर्थक प्रेम गुरुङ्गका अनुसार नृत्य क्षेत्रलाई अगाडी बढाएर आफ्नो भविष्य बनाउने चाहना राखेकी उदाउदो प्रतिभा भएकी अनु गुरुङ्गलाई आगामी दिनहरुमा यो भन्दा राम्रो प्लेटफर्महरु उपलब्ध गराउने र आगामी वर्षहरुमा स्थानीय नृत्य निर्देशकहरुलाई निर्णायक नराखी राष्ट्रिय नृत्य निर्देशकहरुलाई निर्णायक राख्ने र प्रतियोगिहरुको प्रतिनिधिहरुलाई राखी मत गणना गर्ने वचन वद्धता मेला सांस्कृतिक संयोजक छविलाल शर्माले दिए पछि विवाद टुंगीएको बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %