एसियाली राष्ट्रहरुमा दोश्रो जटायु रेष्टुरेन्ट (गिद्द संरक्षण)

Read Time:4 Minute, 53 Second

 टिका काउचा, रुद्रपुर , विष्णुपुरा गा.वि.स. वर्डा नं. १ मा गैडा ताल पछि दोश्रो पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्र जटायु रेष्टुरेन्ट रहेको छ ।  जटायु रेष्टुरेन्टमा अहिले विभिन्न देशबाट पर्यटकहरु आउने गरेको पाइन्छ । हालसम्म हेर्दा अष्ट्रेलिया, भारत, बंगलादेश, म्यानमार, बराइन, हङकङ, युके जस्ता देशबाट जान्न बुझ्न घुम्नका लागि मात्र नभएर सल्लाह सुझाव पनि दिएका छन् साथमा त्यस देशका लागि संरक्षणको लागि आर्थिक बजेट पनि आउने गरेको छ । यो पन्छी विश्वबाट नै लोप हुने अवस्थामा रहेको छ । त्यसकारण पनि सबैले त्यहाँका संरक्षकहरुसँग सो पन्छीको संरक्षण गर्ने कामलाई निरन्तरता दिनको लागि आग्रह गरेको रेष्टुरेन्टका संचालकले बताए । उक्त गिद्द रेष्टुरेन्ट एसियाकै दोश्रो गिद्द संरक्षण रेष्टुरेन्टको रुपमा रहेको छ । युके तथा अन्य देशबाट गरी हालसम्म सो कार्यको लागि भनेर २५ लाख सम्मको सहयोग आएको  त्यहाँका एक कर्मचारीले बताए । त्यस क्षेत्रका अध्यक्ष भन्छन् – ‘त्यस बजेटलाई हामीले जटायु रेष्टुरेन्टमा लगाउनुका साथ साथै स्थानीय समुदायलाई सहयोग र आत्मनिर्भर बनाउनका लागि आर्य आर्जनमा पनि लगानी गरेका छौं । सिचाँई, कृषि तालिमहरु, मैनबत्ती बनाउने, अगरबत्ती, तरकारी खेती जस्ता सीपमुलक र रोजगारका लागि पनि खर्च गरेका छौं । यस जटायु रेष्टुरेन्टले पर्यटकीय क्षेत्रमा मात्र नभएर स्थानीय गाउँ बासिन्दाहरुलाई पनि सहयोग गर्दै आएको छ ।’ जटायु रेष्टुरेन्ट नामकरणबाट विशेषगरी गिद्द संरक्षणको लागि आहारको व्यवस्था गर्नाका निम्ति गाई, गारु पनि पाल्ने गरेको र गाईवस्तु मरेको अवस्थामा करकासद्वारा छाला निकाली गिद्दलाई आहारका रुपमा दिइने गरिएको छ । गिद्दले ३०० किलो मिटरसम्म माथिबाट पनि आफ्नो आहारलाई ठम्याउन सक्ने विशेषज्ञहरु बताउन्छन् । आहार दिएको अवस्थामा एउटा प्रमुख गिद्दले आफ्ना पखेटाका संकेतद्वारा अरु गिद्दलाई बोलाई समूहमा खाने गर्दछन् । यो जानकारी गिद्द विशेषज्ञ लण्डनका एक व्यक्तिले बताएका थिए । एउटा मरेको गाईलाई सिध्याउन २५ मिनेट भन्दा बढी नलागेको त्यहाँका आहार दिने एक व्यक्तिले जानकारी दिए । उनीहरुले आफ्नो खान–खाने समयमा उनीहरुको कुकुर, मान्छे गएर धपाउदा पनि उनीहरुलाई केही वास्ता हुँदैन त्यसरी  आफ्नो आहारमा मस्त र त्यसरी केन्द्रीत भएर आफ्नो आहारा खाने गर्दछन् । अहिल्य त्यस क्षेत्रमा ७ प्रकारसम्मको गिद्दा रहेको जानकारी सो रेष्टुरेन्ट श्रोतले जनाएको छ । अहिलेको यस जाडो मौसममा हिमाली भेगमा बढी जाडो मौसम भएको कारणले गर्दा गिद्दहरु तराईतिर आउने गर्दछन् । हालसम्म यस ठाउँमा गिद्दको संख्या २८२ सम्म रहेको अनुमान गरिन्छ । विशेष गरी गिद्दको गुड भएको ठाउँ कोठी खोलाको जंगलमा भएको पाएको छ । एउटा गिद्दलाई बच्चा निकाल्न ७३ दिन लाग्ने गरेको छ । एउटा बच्चा पूर्णरुपमा उड्नको लागि ६–७ महिना लाग्ने गरेको बताइन्छ ।त्यस रेष्टुरेन्टका कर्मचारी यसरी एसियाको दोश्रो ठाउँमा रहेको जटायु रेष्टुरेन्टलाई व्यक्ति, संघ संस्था, राष्ट्रहरुको सहयोग र संरक्षण महत्वपूर्ण रुपमा रहेको छ र रहने छ । यस्ता महत्वपूर्ण क्षेत्रलाई सबै गाउँ, समुदाय, केन्द्र र राष्ट्रले महत्वपूर्ण स्थानमा राख्नको लागि सबैले जिम्मेवारी रुपले सोचौ र संरक्षणमा सहयोग पुरयाउ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %