बुटवल, राष्ट्रिय जनमुक्ति पार्टी करहिया गाउँ परिषद्को विशेष बैठक सोमबार मंगलापुर–२, रुपन्देही पार्टी कार्यालयमा सम्पन्न भएको छ । करहिया गाउँ परिषद्का अध्यक्ष अनबहादुर सोती मगरको अध्यक्षतामा बसेको उक्त बैठकमा मंगलापुरको कविराज पथमा पार्टी कार्यालय भवन निर्माण गर्ने बारे र राष्ट्रिय जनमुक्ति पार्टीको २३ औं स्थापना दिवसका साथै भेटघाट तथा वनभोज कार्यक्रम यही आउँदो माघ ६ गते शंकरनगर वन वाटिकामा सव्य र भव्य बनाउने बारे वृहत छलफल भएको थियो । उक्त बैठकमा कार्य समितिका सदस्यहरु, संघीय सभाका सदस्य तथा जनमुक्ति पार्टीका संस्थापक सदस्य नर बहादुर पुन जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्ग, समाजसेवी वुद्धिजिवी तथा पार्टीका सदस्य शेर बहादुर गुरुङ्गले आआफ्नो भनाई राखेका थिए । संस्थापक सदस्य नर बहादुर पुनले पार्टीका स्थापना कालमा गर्नु परेको संघर्ष मिहेनत र इमान्दारीताले गर्दा नै आज एउटा शक्तिशाली पार्टीको रुपमा सम्पूर्ण नेपाली जनताहरुलाई विचार र सामाजिक मुल्य मान्यतालाई आत्मासाथ गर्दै बहु लोकतान्त्रिक समाजवाद जनमुक्ति विचारधारा आज मुलकभर गुन्जिरहेको अवस्थामा संघीयता, धर्म निरपेक्ष, पहिचान सहितको संघीयता, संघीयता सहितको संविधान र जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था अबको संविधानमा लागु नगर्दा सम्म मुलुक एउटा असफल राष्ट्र घोषित भैसकेको बताउनु भयो । जबसम्म नेपालमा एकल जातीय एकाधिकारवाद रही रहन्छ तब सम्म स्थायी शान्ति र दिगो विकासको केवल फलामको चिउरा दिएर भोका जनतालाई फकाए जस्तै सावित हुने उहाँले बताउनु भयो । पुनले आफ्नो अन्तिम इच्छा भनेको नै मर्नु भन्दा अगावै देशमा पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान बनोस् र महान् विचार बोकेको गौरवशाली पार्टी राष्ट्रिय जनमुक्ति पार्टी सरकारमा पुगेको देख्न चाहेको बताउनु भयो । शेर बहादुर गुरुङ्ग जस्तो समाजसेवी, बुद्धिजिवी २२ वर्ष सम्म एउटै विचार र एउटै पार्टीको सदस्य भएर भेटघाट भै हातमा हात काधमा काध मिलाउन पाउदा खुशी व्यक्त गर्नुभएको थियो । राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्गले पार्टी र हाम्रो विचारबाट नेपालका हरेक नागरिकहरु अछुतो रहन सक्दैन चाहे त्यो सिंहदरबारमा होस, चाहे त्यो संविधान सभा हलमा होस् चाहे नेपालका गल्ली गल्लीहरुमा किन नहोस् आज मुलुक भर राष्ट्रिय जनमुक्तिका विचारहरु र सिद्धान्तको कुरा नगर्दा सम्म र व्यवहारमा लागु नगर्दा सम्म कुनै हालतमा पनि देशका नेताहरुले सुखै नपाउने गरी प्रत्येक पार्टी र नेताहरुको घाँटीमा पासो लागीसकेको बताउनुभयो । अझ भन्नु पर्दा जनमोर्चा, एमाले र कांग्रेस जस्ता पार्टीका नेताहरु पानी विनाको माछा जस्तै छटपटाइरहेका बताउनुभयो । उनीहरुले चैत बैशाखको न्याउली चरी जस्तै भाका फेरी फेरी रोइरहेको र नेपालका जनताहरु पहिलाको जस्तो अवस्थामा नभएको समेत बताउनु भयो । समय गतिशिल र परिवर्तनशील छ यो गतिशील र परिर्वतनशील समयलाई साच्चिकै स्थायी शान्ति र दिगो विकास गर्नको निमित्त गौतम बुद्धले भने जस्तै मध्यम मार्गीको बाटोमा हिड्नु पर्ने । तब मात्र देश अहिंसा र शान्तिको मार्गमा पुने समेत उहाँले बताउनुभयो । देशका जनताहरुले परिवर्तन र शान्तिको अमन चयन गर्न सक्छन, आज देश, शान्ति र अहिंसा कुन चरीको नाम हो जस्तै सावित भएको छ जहाँ देश संविधान विहीन असफल राष्ट्रको रुपमा सावित भैसकेको सन्दर्भमा नेपालका शक्तिशाली पार्टी र नेताहरुले आफुलाई बुद्धिमानी र राष्ट्रवादी नेता सम्झनु अरुले तपाई भनोस् नभनोस् आफै मपाई भने जस्तै भएको बताउनुभयो । जब सम्म यो देशमा हाम्रा मागहरु पुरा नहुँदा सम्म हामी सम्पूर्ण नेपाली जनताहरु एकजुट भै नेपाल देश र भावी सन्ततीको लागि पनि निरन्तर लागि रहनु पर्दछ स्वतन्त्र रुपमा पार्टीका विचार बुझ्ने र बुझाउनु पर्नु र पार्टीले काचुली फेरी सकेको अवस्थामा विभिन्न पार्टीहरुबाट प्रवेश गर्ने क्रम तिव्र चलिरहेको बताउनुभयो । सम्पूर्ण मिली तन मन र धन दिएर क्षेत्रीय स्तरको नमुना पार्टी कार्यालय बनाउनमा योगदान पु¥याउनु पर्नेमा उहाँले जोड दिनुभएको थियो । करिव १ करोड लागत लाग्ने उक्त भवनको नक्सा पास भैसकेको छ । जसमा तल्लो तल्ला सभाहल र माथिल्लो तल्ला मिनी हलको साथमा जिल्ला क्षेत्र र करहिया गा.वि.स.को पार्टी कार्यालय कोठा रहनेछ । यही आउने माघ महिनामा शिल्यान्स गर्ने र माघ ६ गते २३ औं स्थापना दिवसको अवसरमा भेटघाट तथा वनभोज कार्यक्रम शंकरनगर वनवाटिकाको लखन थापा स्मारक पार्कमा हजारौं कृयाशिल सदस्य, साधारण सदस्य र शुभचिन्तकहरुको सहभागतिामा केन्द्रिय स्तरमा नेताहरुको उपस्थितिमा सव्य र भव्य रुपमा मनाउन गइरहेको हुँदा सम्पूर्ण सदस्यहरुलाई उपस्थितिको लागि समेत आग्रह गरिएको थियो । पहिचान सहितको संघीयता, संघीयता सहितको संविधानलाई सफल बनाउन जनमुक्ति पार्टीमा गोलबन्ध हुन आग्रह समेत गरिएको थियो । उक्त कार्यक्रममा सांस्कृतिक टोलीबाट राष्ट्रिय र स्थानीय कलाकारहरुले बेजोड सांस्कृतिक कार्यक्रम समेत रहने आयोजकले जानकारी गराएको छ । मन्तव्य व्यक्त गर्ने क्रममा शेर बहादुर गुरुङ्गले जब सम्म देशमा सबै जात जाति, भाषा, भाषी र धर्मालम्बीहरुले समान हक अधिकार र स्वतन्त्रता पाउनु पर्दछ त्यसको लागि हत्या हिंसा र गालीले हैन बुद्धको जस्तो बोली र अहिंसाले मात्र सम्भव छ । गोली भन्दा मानिसको मुखबाट निस्कने बोली सयौं गुणा शक्तिशाली र विनाशकारी हुन्छ भन्दै मुलुक यो गतिमा ल्याउने विभिन्न पार्टीका खराब नेताहरुको कारणले गर्दा र नेपाली जनताहरुले बुद्धि नपुरयाई नेता चुन्ने प्रवृतिले गर्दा यो अवस्थामा आउन बाध्य भएको हो । अन्तमा उक्त विशेष बैठकको संचालन सल्लाहाकार लिला राना, पार्वती पुन र सदस्यहरुमा भिम बहादुर थापा, पहल सिंह राना, युवा मोर्चा अध्यक्ष सेम रेस्मि लगायत विभिन्न वडाका अध्यक्षहरुको उपस्थिती रहेको थियो ।
करहियामा विशेष बैठक सम्पन्न
Read Time:8 Minute, 59 Second
