बैशाखमा निर्वाचन असम्भव छ : निर्वाचन आयुक्त

Read Time:1 Minute, 15 Second

काठमाण्डौ,पौष १७ , निर्वाचन आयोगले समयसीमा अनुसार अब बैशाखमा निर्वाचन असम्भव हुने बताएको छ । निर्वाचनका आयोगका आयुक्त, अयोधीप्रसाद यादवले दलहरुबीच सहमति भइनसकेकाले अब बैशाखमा निर्वाचन पनि कठिन बन्ने बताउनुभयो । पुस १५ गतेसम्म सहमति भएको भए आयोगका लागि सहज हुन्थ्यो तर दलहरुबीच सहमति हुन सकेन, आयुक्त यादवले भन्नुभयो “अबपनि दुईचारदिनमा सहमति नभए निर्वाचन बैशाखमा असम्भव हुनेछ ।” उहाँले आयोगलाई तयारी गर्न समय लाग्ने भएकाले निर्वाचनको सुनिश्चित नभई तयारी गर्नपनि कठिन हुने बताउनुभयो । दलहरुबीच सहमति नभएका कारण निर्वाचनका लागि आबश्यक गर्ने कानुन पनि बन्न सकेको छैन । आयोग अनुसार निर्वाचनका लागि कम्तिमा १ सय २० दिन आवश्यक पर्छ । सहमतिका लागि राष्ट्रपतिले दिएको समय त्यत्तिकै खेर गएपछि अहिले सातौ पटक थपिएको छ । सातौ पटकको समयपनि दुईदिन छलफल नगरि खेर गएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %