राष्ट्रपतिद्धारा छैठौ पटक म्याद थप

Read Time:2 Minute, 27 Second

पाचौ पटक पनि दिएको समयमा सहमतिको सरकार गठन गर्न विफल बनेका दलहरुलाई पुनःसात दिनको समय सीमा राष्ट्रपति डा. रामबरण यादवले दिएका छन् । पाचौ पटक पनि सहमति नजुटे पछि सत्ता पक्ष र प्रतिपक्ष दलहरुले सहमतीय सरकार गठनका लागि राष्ट्रपति डा. रामबरण यादवलाई म्याद थप गर्न आग्रह गरेका थिए । भारत भ्रमणमा जानु अगाडि समय सीमा थप गरेका राष्ट्रपति यादवले भारतबाट फर्किएको भोली पल्टै दलहरुकै आग्रहमा समय थप गरेका हुन् । दलहरु कुर्ची केन्द्रित राजनीतिमा लागेका कारण नै सहमति हुन नसक्दा राजनीतिक गतिरोध लम्विदो । राष्ट्रपतिले सहमतिका सरकारका लागि समय सीमा थप गदैमा राजनीतिक गतिरोध हल भैनसक्ने विश्लेषकहरुको तर्क छ । वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको रुप दिने र प्याकेजमा सहमति गर्र्ने माओवादी नेतृत्वको मोर्चाको अडानका कारण दलहरु बीच संवाद समेत पातलिदै गएको छ । एमाले र कांग्रेस लगायतका प्रतिपक्ष दलहरु कांग्रेसको नेतृत्वमा सहमतीय सरकार गठन हुनु पर्ने एकोहोरो रटानमा छन् भने २५ पुससम्म सहमति नजुटेमा संविधानसभाको वैशाखमा निर्वाचन संभव नहुने तर्क गदै संविधानसभाको पुनःस्थापनामा जानु पर्ने सता पक्षीय गठबन्धनले यस अगाडि नै  निष्कर्ष निकालेको छ । तर विपक्षी दलहरु भने संविधानसभाको पुनःस्थापना असंभव रहेको र त्यसलाई स्वीकार गर्न नसकिने बताइ सकेका छन् ।  सत्ताको नेतृत्वका विषयमा नै झगडामा फसेका दलहरु कसरी राजनीतिक सहमति जुटाउने भन्नेमा गम्भीर ढंगले नलागेका कारण राजनीतिक गतिरोध लम्विरहेको राजनीतिक विश्लेषक प्रा. लोकराज बराल बताउँछन् ।  सहमतिको राजनीति गर्ने प्रयासमा लागेका दलहरु बीच अविश्वास र असहमति चुलिदो छ ।
राज्यसत्ता नेपाल व्युरो

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %