अशोक राईको नेतृत्वको माक्सवादी विचार बोक्ने पार्टीमा शैद्धान्तिक मतभेदका कारण बस्न नसकेका जनजातिका नेताहरुले नयाँ पार्टी खोलेका छन् । राजधानीको धुम्वाराहीमा आइतवार एक कार्यक्रम आयोजना गरि पार्टी घोषणा गरेका हुन् । घोषणा गरिएको सामाजिक लोकतान्त्रिक पार्टीमा सात जना अध्यक्ष मण्डल छन् । भने ६० भन्दा बढी सदस्य छन् । जसमा डा् चैतन्य सुब्वा, कुमार राई, पाशाङ शेर्पा, ज्योति दनुवार लगायत अध्यक्ष मण्डलमा छन् । माक्सवादी विचार बोक्ने पार्टी गठन पछि अशोक राई समूहसंग असन्तुष्ट रहेका जनजाति नेताहरुले खोलेको यो पार्टीमा कांग्रेस एमाले र अन्य पार्टीबाट आएका जनजाति नेताहरुको बाहुल्यता छ । सबै विचार बोक्नेहरु यो पार्टीमा अटाउँने सामाजिक लोकतान्त्रिक पार्टीका डा. चैतन्य सुब्वाले बताए ।
जनजातिको अर्को नयाँ पार्टी गठन
Read Time:1 Minute, 17 Second
