पहिचान सहितको संघीय संविधान मूल नारा सहित गुरुंगहरुले ल्होसार मनाए

Read Time:2 Minute, 0 Second

दीपा आले
नेपालगन्ज पुष १५, तमु ल्होसार २०६९ को आब्हान । पहिचान सहितको संघीय संविधान । भन्ने मूल नारा सहित आज बांकेका (तमु) गुरुंगहरुले ल्होसार पर्व भब्य रुपमा मनाएका छन
    आइतबार नेपालगन्जको बौद्धगुम्बामा तमुहरुले विहानैदेखि बुद्धको पुजाआजा गरी १ सय आठ दीप प्रजोलित गरेर ल्होसार पर्व (नयाँ वर्ष) मनाएका हुन् ।
    कार्यक्रममा बोल्दै आदिबासी जनजाति महासंघ बांकेका अध्यक्ष डम्मर थापामगरले आदिबासी जनजातिहरुको हक अधिकारकोलागि राज्य संबेदनशील हुनु पर्ने बताउदै पहिचान सहितको संघीय संविधान हुनु पर्ने धारणा राख्नु भयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति डा. अरुण कोइरालाले नेपाली जनताको अधिकार राज्यले दिनु पर्ने बताउदै अब बन्ने संविधानमा राज्यदेखि पछाडि परेका जनताको हक अधिकार संविधानमै लेखिनु पर्ने धारणा राख्नु भयो
    कार्यक्रममा विभिन्न जातीय संघका प्रतिनिधि, धन बहादुर रानामगर, पुर्ण तामांग, गजेन्द्र मान पति,टेक बहादुर तमु, मन बहादुर तमु त्यसैगरी राजनीतिक दलका प्रतिनिधिहरु दत्त प्रसाद आचार्य, गोपाल पुनलगायतले आआफ्ना धारणा राखेका थिए । वर्षमा एक पटक मनाईने तमुहरुको ल्होसारमा उनीहरु आफ्ना भेषभुषामा सजिएर विभिन्न परिकारका खाना खाएर साथै नृत्य समेत प्रस्तुत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %