आदिवासी जनजातिहरुका अगुवा डा. चैतन्य सुब्वाहरुको समूहले आज सामजिक लोकतान्त्रिक पार्टी घोषणा गदै छ । अशोक राई समूहबाट सैद्धान्तिक रुपमा विभाजन भएर नयाँ पार्टी खोल्न लागेका जनजातिहरुमा कांग्रेस र अन्य वैचारिक समूहमा आस्था राख्ने बढी नेताहरुको संलग्नता छ । माक्र्सवादी विचार समूह आफूहरुलाई अमान्य हुने भन्दै अशोक राईको नेतृत्वको नयाँ पार्टीमा यो समूह वैचारिक मतभेत उत्पन्न भई सहभागि बनेको थिएन । पार्टीको घोषणा राजधानीमा एक कार्यक्रमका माझ हुदैछ ।
राज्यसता नेपाल व्युरो
