हेटौडा, पौष १४
नेपाल मगर महिला संघको पाँचौ राष्ट्रिय महाधिबेशन हेटौँडामा बैशाखमा हुने भएको छ । आज(शनिबार) हेटौँडामा भएको छलफलपछि यस्तो निर्णय भएको हो । महाधिबेशनमा ४३ जिल्ला शाखाका करिब दुई सय ५० प्रतिनिधि/पर्यबेक्षकको सहभागि हुने बताईएको छ । दुई दिन सञ्चालन हुने महाधिबेशनले अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, महासचिब, सचिबसहित २३ सदस्सीय नयाँ कार्यसमिति चयन गर्नेछ । कार्यक्रम संघकी केन्द्रिय अध्यक्ष गंगा खासु मगरको प्रमुख आतिथ्य तथा मकवानपुर अध्यक्ष उर्मिला राना मगरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद मकवानपुरका अध्यक्ष तिर्थबहादुर थापा मगर, नेपाल मगर संघका केन्द्रिय सदस्य बिश्व आले मगर, पूर्ब केन्द्रिय सदस्य कुश थापा मगर, मकवानपुर अध्यक्ष दुधराज थापा मगर, बारा अध्यक्ष नेत्रबहादुर पुलामी मगर लगाएतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । नेपाल मगर महिला संघकी केन्द्रिय कोषाध्यक्ष पदमा आले मगर, केन्द्रिय सदस्य रमा राना मगर, चितवन अध्यक्ष देबी थापा मगर लगाएतको उपस्थिती रहेको थियो । यसअघि मगर महिला संघको चौथो राष्ट्रिय महाधिबेशन गोर्खामा भएको थियो ।
मगर महिला संघको महाधिबेशन हेटौँडामा हुने
Read Time:1 Minute, 48 Second
