थारुहरुको महा्न पर्व माघी पुष महिनाको अगमन देखि नै चहालपहालका सथ रौनाक छाएको छ । विशेष गरी तराईका थारु समुदायमा माघीलाई थारुको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रुपमा लिइन्छ । माघे सक्रन्तीको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन घर घरमा सुगुर काट्ने चलन छ, जसलाई “जिता मरना दिन , नयाँ बर्षको रुपमा चिनिन्छ” । पुस मसान्तमा घरघरमा विभिन्न परिकारका माछा मासु , रोती, ढिकरी (पिठोको एक परिकार), खरिया लगायतको परिकार बनाएर जाड–रक्सीको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन रहेको पइन्छ । यतिबेला थारु समुदयमा “सखि हो, माघी मे गुरी गुरी जा र” भन्ने चालन र गीत समेत रहेको पाईन्छ । माघीमा नाचिने विशेÈ मघौटा नाच अघिपछि पनि लोकप्रिय छ । माघे सक्रन्तीको दिन बिहान सबै जना नजिकैको खोलानालामा नुहाउन जाने चलन छ । यसलाई “माघ लहान” भन्ने गरिन्छ ,यसरी खोलामा नुहारुसकेपछि तिलको आगो बाली सबै एक ठाउँमा बासेर तप्ने चलन छ । त्यस पछि घरमा आई दाल, चामल, नून छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिइन्छ । माघको दोस्रो दिन खिचडी बनाई खाने चलन रहेको छ । यो दिनलाई “खिचडी” भनिन्छ । माघीमा आफ्नो चेलीबेटीहरुलाई उपहार दिने चलन छ । यसलाई थारु भाषामा “निसराउ” भनिन्छ । माघीको दिन नुहाएर आइसकेपछि छोएको चामल, दाल, पैसा र यसमा केही थप गरेर निसराउ स्वरुप चेलीबेटीहरु लाई उपहार दिइन्छ । माघी मनाउन माइती आएका छोरीचेलीहरु घर फकिर्नेबेला निसराउ लिएर जान्छन् । थारु समुदयमा माघ १ गतेदेखि नया हिसाबकिताब सुरु गर्ने प्रचलन छ । माघीमा नै घरपरिवारभित्र होस् या गाउ समुदायमा आगामी बर्षको लागि खेतीपाती लगायत यावत् अन्य व्यवहारहरुको नवीकरण गरिन्छ । माघीमा भाइभाइ एक ठाउमा बसेर खानपिन गर्दै घर सल्लाह गर्ने गरिन्छ । घर सल्लाहमा कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्नेजस्ता कुराको छलफल हुन्छ । घरपरिवारभित्र जिम्मेवारी पाएका सदस्यले माघीमा स्वतन्त्र भएर हेरफेर गर्न सक्दछन् । जस्तै गरढुरै (घरमुली बन्ने) गर्ने, “हरिया” (घर बाहिरको कामको जिम्मेवारी) आदि कामको जिम्मेवारी परिवर्तन माघीमा नै गर्ने गरिन्छ । यही बेला घरमा मिलेर बस्ने या छुट्टीने कुराको समेत सल्लाह हुन्छ । भाइभाइमा मन नमिले माघीमा नै अंश बडफड गरिन्छ । यसलाई घर फुटाइ पनि भनिन्छ । यसै दिन थारुहरु अगुवा चुन्ने काम गर्दछन् । अगुवालाई ठाउ विशेष अनुसार बरघर, ककनदार, भल्मन्सा, महटा वा पनि भनिन्छ । बैठकमा गत बर्षमा भए गरिएका कुलापानी, धार्मिक पूजापाठ लगायत विकासको कामको समीक्षा हुन्छ । आगामी बर्षको लागि उही बरघरलाई निरन्तरता दिने या नया चुन्ने विषयमा छलफल हुन्छ । सोही बैठकले सहायक बरघर, अघारी, सघारी, कुलापानी चौधरी, गाउको चौकीदारदेखि फलामको काम गर्ने व्यत्ति सम्मको छनोट गर्छ । यही बैठकले गाउ“लाई अनुशासित बनाउन नया“ नियम कानुन पनि बनाउ“छ । नियम उल्लंघन गर्नेलाई बरघरको अध्यक्षतामा बसेको बैठकले जरिवाना लिने गरिन्छ । यसरी लोकतान्त्रिक ढंगले थारु समुदायमा अगुवा चुन्ने काम माघीमा नै गरिन्छ । तर अहिले अधुनिकता संगै थारु समुदायमा मनउदै आएको माघी पार्वको मैलिकता हराउँदै गएको थारु कल्याणकारिणी सभा कपिलवस्तुका अध्यक्ष जञ्जिर थारुले बताउनु भयो । थारु संस्कृति झल्किने परम्परागत हस्तकला प्रदर्शनी, पहिरन, भेष भुषा, मौलिक खानाको परिकार घोंघी, ढिकारी लगायत संक्षण गर्नको लागि कपिलबस्तुमा माघी महोत्सब राखेको अध्यक्ष जञ्जिर थारुले बताउनु भयो ।