बुटवल १३ पौष, नेपाल मगर संघ बुटवल नगर समितिले शुकंबार बुटवलमा (बाजे बज्यै) पितृ पुजा गरेको छ । बुटवल नगरपालिका वडा नं ९ दीपनगरस्थित बाजे बज्यै थानमा पुजा गरिएको संघका नगर सचिव ज्ञानबहादुर थापाले जानकारी दिनु भयो । कार्यक्रममा पूर्व मन्त्री एवं मगर राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय संयोजक ओनसरी घर्तिमगर प्रमुख अतिथिका रुपमा आउंनु भएको थियो । बुटवल नगरभित्रका मगर अगुवा, बुद्धिजीवि, समाजसेवी, संचारकर्मी लगायतको सहभागी रहेको कार्यक्रममा वडा स्तरीय सांस्कृतिक तथा नृत्य प्रतियोगिता पनि गरिएको थियो । संघले हरेक वर्ष (धान्य पूर्णिमा) मंसिर पूर्णिमाका दिन पितृ पुजा गदैं आएको छ ।
बाजे बजैको नाउमा पितृ पुजा
Read Time:1 Minute, 2 Second
