पौष,१३ काभ्रेपलाञ्चोक, जिल्ला कारागार शाखा कार्यालय काभ्रेमा मानसिक सन्तुलन बिग्रिएका एक कैदी बन्दीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले छानविन समिति गठन गरेको छ । प्रशासनले जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कृष्णजी अधिकारीको संयोजकत्वमा जेलर मातृका प्रसाद दाहाल र राष्ट्रिय अनुसन्धान आयोग शाखा काभ्रेका प्रहरी निरीक्षक सहितको तीन सदस्यीय समिति गठन गरेको हो । समितिलाई एक हप्ताभित्र जिल्ला प्रशासन कार्यालयमा छानविन प्रतिवेदन बुझाउन म्याद दिइएको छ । समितिले भोली देखि काम सुरु गर्ने संयोजक अधिकारीले बताउनुभयो । एउटै कोठामा तीन जना मानसिक सन्तुलन बिग्रिएका कैदीबन्दीसँगै बन्दै आएका रसुवा जिल्लाको भैबुङ गाविस वडा नम्बर–१ का श्री नेपाल भनिने कुमार नेपालीको मृत्यु भएको थियो । अन्दाजी २०/२२ वर्ष उमेरका नेपाली नकाप लगाएर चोरेको अभियोगमा एक लाख ६ हजार ८ सय ३० रुपैयाँ जरिवाना सहित एक वर्ष ६ महिनाको कैद सजाय भोगिरहेका थिए ।
कैदी बन्दीको मृत्युबारे छानविन गर्न ३ सदस्यीय समिति गठन
Read Time:1 Minute, 36 Second
