२५ पुससम्म सहमति भए अन्य दलको नेतृत्वलाई स्वीकारर्छौ : सत्ता साझेदार गठबन्धन

Read Time:1 Minute, 14 Second

सत्ता साझेदार दलहरुको मोर्चाले वर्तमान सरकारलाई नै राष्ट्रिय स्वरुप दिएर अगाडि बढ्ने र त्यो संभव नभए गठवन्धन भित्रै अर्काे नेतृत्व खोजेर राष्ट्रिय सहमतिको स्वरुप दिने निर्णय गरेको छ । साथै पुसको अन्तिमसम्म पनि सहमति हुन नसकेको खण्डमा बैशाखमा गर्ने भनिएको निर्वाचन समेत असंभव हुने ठहर गदै संविधानसभाको पुनःस्थापना तिर जानु पर्ने निष्कर्ष समेत निकालेको छ । पुस २५ भित्रै संविधान लगायत विवादित विषयमा सहमति भए अरु दलको नेतृत्व स्वीकार्न तयार रहेको गठबन्धनले निर्णय गरेको प्रवक्ता प्रेम बहादुर सिंहले बताए । तीन वटा विकल्पमा सहमति नभएको खण्डमा मात्रै संविधान सभाको पुनःस्थापनामा जाने निर्णय भएको प्रवक्ता सिंहले बताए । गठबन्धनको बैठक विहीबार बसेको थियो ।
–राज्यसत्ता नेपाल व्युरो

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %