नेपाललाई हिन्दु राज्य बनाउन रथ यात्रा

Read Time:1 Minute, 27 Second

राप्रपा नेपालले जनकपुरबाट एक हप्ता अगाडि सुरु गरेको रथ यात्रा बुधवार काठमाडौंको पशुपतिनाथमा आएर समापन भएको हो । पुस २ देखि सुरु रथ यात्रा महोत्तरी, लुम्विनी, पोखरा र गोर्खा हुदँ काठमाडौ आएर समापन भएको हो । नेपाललाई धर्म निरपेक्ष राज्य घोषणा गरिसके पनि राप्रपा नेपाल हिन्दु राज्य कायम हुन पर्ने भन्दै रथ यात्रा मार्फत् देश व्यापी दवाब दिन निस्केको थियो । भारतका विजेपीका एक नेताले नयाँ दिल्लीमा केही समय अगाडि मात्रै नेपाल हिन्दु राज्यबाट धर्म निरपेक्ष राज्य बनेको भारतले नरुचाएको बताएका बेला भएको राप्रपाको रथ यात्रालाई धेरै आशंका अनि भारतीय षड्यन्त्रको गन्धको रुपमा लिन थालिएको छ । यता भारतकै बनारस विश्व विद्यालयले यसै साता नेपालका राष्ट्रपति डा. रामबरण यादवलाई मानार्थ पिचडी उपाधिले सम्मान गरिनु पनि हिन्दु राज्य कायम राख्ने भारतीय खेल भएको धेरैले लख काट्न थालेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %