मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु

Read Time:1 Minute, 4 Second

देब पचभैया
पाल्पा, पौष ११, पाल्पाको मदनपोखरा गाविस ४, भालेबासमा भएको मोटरसाईकल दुर्घटनमा परि दुई जनाको मृत्यु भएको छ । पाल्पाबाट बुटवल जादै गरेको लु ६ प ६२७३ नम्बरको मोटरसाईकल दुर्घटना हुदाँ मोटरसाईकलमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनमा परि गम्भिर घाईते भएका पाल्पा खालीबन ९ का मोटरसाईकल चालक २१ वर्षिय जिवन कुमार श्रेष्ठ र सोहि स्थानका २४ बर्षिय पुर्ण कुमार श्रेष्ठको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो । प्रहरीका अनुसार घुम्तीमा मोटरसाईकल अनियन्त्रीत भइ सडकबाट खोलामा खसेर दुर्घटनमा परेको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %