देब पचभैया
पाल्पा, पौष ९, राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्मको नाउमा नेपालीलाई बिदेशीले लडाउन खोजको बताउनुभएको छ । नेपाललाई हिन्दु राष्ट्र कायम गर्नु पर्ने माग राख्दै देशव्यापी रथ यात्रामा निश्किएका अध्यक्ष थापाले पाल्पाको तानसेन टुडिखेलमा बोल्दै हिन्दुराष्ट्रका लागि आफुहरु निर्णयक आन्दोलनमा उत्रिने बताउनु भयो । उहाले बिदेशी प्रभावमा हिन्दुराष्ट्र खारेज गरेर दलहरुले जनताको अपमान गरेको जिकिर गर्नुभयो । हिन्दु राष्ट्रको पक्षमा बिस्तारै जनमत बढीरहेको भन्दै उहाले आफुहरुको आन्दोलनले धर्मनिरपेक्षतालाई बढारेर लाने चेतावनी दिनु भयो ।
बुटवल बाट पोखरा जाने क्रममा तानसेन आएको रथलाई केही बेर टुडिखेलमा रोकेर झण्डै १० मिनेट बोल्नु भएका अध्यक्ष थापाले नेपाललाई धर्मनिरपेक्ष मुलुक घोषणा गरेर एकै ठाउमा रहेका बिभिन्न जात जाती र धर्मवीच बिबाद शुरु गराईएको आरोप लगाउनु भयो ।
बहुमत हिन्दुहरुको अपमान गरेर हिन्दु राष्ट्र घोषणा भएको छ, उहाले भन्नुभयो धर्म निरपेक्ष भैरहे धार्मिक युद्ध हुन सक्छ । नेपालका चार धार्मिक पर्यटकिय स्थललाई आधार बनाएर रथयात्रामा निस्किएको राप्रपा नेपालको रथयात्राको टोली आज पोखरा जादै छ । जनकपुर देखि शुरु भएको रथयात्रा पुस १९मा काठमाडौ पुगेर समापन हुने कार्यक्रम छ । रथयात्रामा राप्रपा नेपालका केन्द्रिय अध्यक्ष थापा सहित बिभिन्न धर्मका धर्म गुरुहरु सहभागि छन् ।
धर्मको नाउमा बिदेशीले नेपाली जनतालाई लडाउन चाहेका छन् : कमल थापा
Read Time:2 Minute, 13 Second
